• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मृगौला पीडित पुन परिवारलाई दुईलाख सहयोग




घोराही मंसिर २ । बंगलाचुली–८ झिंगा निवासी मृगौला पीडित दिलमाया पुनलाई दक्षिण कोरिया बस्ने र स्थानीय केही समाज सेबीले दुईलाख हाराहारीमा रकम सहयोग गरेका छन् । विगत एकवर्ष देखि दुबै मृगौला फेल भएर पीडित हुनु भएकी ३३ वर्षिया दिलमायालाई सोमबार एक कार्यक्रमका बीच एक लाख पन्चान्नवे हजार आठससय पचास रुपैयाँ सहयोग गरिएको छ । पीडित मगरसहित उहाँका श्रीमान खिमान सिंह पुनलाई बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीको रोहबरमा सहयोगीहरुले चेक मार्फत उक्त रकम हस्तान्तरण गरेका थिए ।

भक्तपुरस्थित मानव केन्द्र प्रत्यारोपणमा उपचार गराई रहनु भएकी पुनका दुई वटा छोराहरु छन् । पुनलाई मृगौला प्रत्यारोपण गर्नका लागि दश लाखरुपैयाँ खर्च लाग्ने अस्पातलले जनाएको छ । पुनलाई उहाँकै श्रीमानले एकवटा मृगौला दिन लाग्नुभएको छ । दक्षिण कोरिया बस्ने बंगलाचुलीकै लुमबहादुर वलीको नेतृत्वमा एक लाख ७६ हजार सहयोग रकम संकलन भएको थियो । त्यसमा घोराही ट्राफिकमा न्यू शंकर होटल सञ्चालन गरिरहनुभएका लंकबहादुर बुढाले ११ हजार, प्रकाश वलीले एक हजार, हेमराज पौडेलले एघारसय थपेर पीडित परिवारलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । दक्षिण कोरियामा काम गर्ने दाङ र नेपालका विभन्नि जिल्लाका बासिन्दाहरु जीवन पाण्डेय (सम्राट), थमन बुढामगर, झमन बुढामगर, निमबहादुर घर्ती, प्रकाश बुढा, जगत घर्ती, होताराम ओली, झग्गु ओलि, गणेश ओली, तकमान घर्ती, शुक थापा, शिब भट्ट (नुवाकोट)ं, प्रकाश घर्ती, चुमान थापा, खिमान थापा, कुवेर पुन, इमान घर्ती, हेमकुमार ओली, खगेश्वर ओली, धनजीत ओली, टंक घर्ती, नारायण ओली, शेरबहादुर ओली, चन्द्रीका महत्तो (चितवन), मिनबहादुर थापा, पुर्णबहादुर ओली, कालिचरण चौधरी (कैलाली), लोकबहादुर (तनहुँ), सन्तोष श्रेष्ठ (धनकुटा), लुम ओलीले उक्त रकम सहयोग गर्नुभएको हो ।

Facebook Comments