• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कृषि सडकले अवसर सृजना ग¥यो मन्त्री केसी





कर्णाली प्रदेशको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले प्रदेश सरकारले अघि बढाएका कृषि सडकले अवसर सृजना गरेको बताउनुभएको छ । देश संघीयतामा गएस“गै प्रदेश सरकार बनेपछि कृषि सडक मार्फत किसान र कृषि गाउ“लाई बजारसम्म जोडेकाले त्यसले गाउ“ गाउ“मा अवसर सृजना गरेको मन्त्री केसीले बताउनु भएको हो ।

रुकुम पश्चिमको सानीभेरी गाउ“पालिका वडा नम्वर ९ को सिम्ली–मगराङजा–छेलो हान्ने–टोट्के–बाघखोर कृषि सडक उद्घाटन गर्दै मन्त्री केसीले यस्तो बताउनु भएको हो । कृषि सडकले कृषि गाउ“ र किसानलाई अवसर नै अवसर प्रदान गरेको उहा“को भनाई छ ।

‘किसान र कृषिलाई बजारस“ग जोड्ने उद्देश्यले प्रदेश सरकार तथा कृषि मन्त्रालयले कृषि सडकको अवधारणा अघि बढाएको हो,’ मन्त्री केसीले भन्नुभयो, ‘अघिल्लो आर्थिक वर्षमा निर्माण भएका कृषि सडकबाट त्यसको पुष्टि भएको छ ।’ कर्णाली प्रदेशका धेरै गाउ“ कृषि सडक मार्फत बजारस“ग जोडिएको उहा“ले बताउनुभयो ।

यस अघि सडक नबनेका कतिपय गाउ“ कृषि सडककै कारण सडकको पहु“चमा पुगेको भनाई मन्त्री केसीको छ । कृषि सडकले किसान र गाउ“लाई बजारसम्म जोडेकाले अब किसानले त्यसको अवसर लिनुपर्ने मन्त्रीले केसीले बताउनुभएको छ । कृषि उत्पादन बढाएर गाउ“सम्म पुगेको सडकबाट धेरै भन्दा धेरै फाइदा लिने मन्त्री केसीले किसानलाई आग्रह गर्नुभएको छ ।

‘अब परम्परागत कृषिबाट हाम्रो आर्थिक स्तर माथि उठ्दैन, सडक पुगिसकेपछि कृषि पेशालाई व्यवसायिकरण गरी त्यसबाट धेरै फाइदा लिनका लागि म सबै किसान तथा सर्वसाधारणलाई अनुरोध गर्दछु,’ मन्त्रीले केसीले भन्नुभयो । खाद्यान्न, निर्माण सामग्री तथा अरु सामान बोकेर गाउ“ पस्ने गाडिलाई गाउ“बाट पनि रित्तै फर्काउन नहुनेमा उहा“ले जाने दिनुभएको छ ।

सरकारले सडक पु¥याइदिएपछि अरु काम जनता आफैले पनि गर्नुपर्ने भन्दै मन्त्री केसीले सडकलाई दिगो बनाउन स्थानीय आफै तथा गाउ“पालिका वडा लाग्नुपर्ने बताउनुभयो ।

कर्णाली प्रदेशको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मार्फत कृषि ज्ञान केन्द्रले उक्त सडक निर्माण गरेको हो । सडक निर्माण समितिका अध्यक्ष मोतिराम रोकायले अघिल्लो आर्थक वर्षको ५५ लाख बजेटबाट उक्त सडक निर्माण गरिएको जानकारी दिनुभयो । गाउ“पालिकाले केही दुरी निर्माण गरेको उक्त सडकको बा“की खण्ड कृषि सडकको बजेटबाट बनाइएको ९ नम्वर वडा अध्यक्ष शेरबहादुर खड्काले बताउनुभयो ।

सडक निर्माणस“गै वडाका दुर्गम वस्ती, छेलोहान्ने, टोट्के लगायतका वस्ती गाउ“पालिकाको केन्द्र सिम्ली बजारस“ग जोडिएको वडाध्यक्ष खड्काले बताउनुभयो ।

सडक उद्घाटन कार्यक्रममा सानीभेरी गाउ“पालिका अध्यक्ष नरबहादुर पुन, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा रुकुम पश्चिमका सह इज्चार्ज वसन्तकुमार शर्मा कुशल, कृषि विकास कार्यालयका निमित्त प्रमुख राजेश साह, अधिकृत मिनबहादुर केसी, भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख सुवर्ण सिंह ठकुरी, अधिकृत ज्ञानुकुमार शर्मा लगायतको आतिथ्यता रहेको थियो ।।

Facebook Comments