• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुसीकोटमा पार्किङ ब्यवस्थापन गरिने




रुकुम पश्चिमको सदरमुकाम खंलगामा सावारी पार्किङ जथाभावि गर्ने प्रबृति बढे पछि सवारी पाकिङलाई व्यवस्थित गरिने भएको छ ।


मुसीकोट नगरपालिका वडा नम्वर १ ले सल्लेमा रहेको बसपार्क सानो भएपछि पार्किङ व्यवस्थापनको लागि पार्किङ स्थल लिजमा लिने निर्णय गरेको छ । सल्लेमा नै पार्किङको लागि जग्गा लिजमा लिने र खलंगाका सडकमा जथाभावि पार्किङ गरेका सवारी साधन सल्लेमानै पार्किङ गरिने भएको हो ।


जिल्लामा रहेका ५ ओटा यातायत समिति, ट्राफिक प्रहरी र वडाको सयुक्त बैठकबाट सवारी पार्किङ सल्लेमा गर्ने सहमति गरिएको छ । जिल्लामा रहेका ५ ओटा यातायत समितिले आफ्नो मातहत संचालित सवारी साधन वडाले लिजमा लिएकोे पार्किङस्थलमा पार्किङ गर्ने प्रतिबद्धता जाहेर गरेको वडा अध्यक्ष विरबल केसीले बताउनुभयो । खंलगा बजारमा जथाभावि सवारी पार्किङ गर्दा साघुरो सडकका कारण दुर्घटनाको जोखिम बढेको भन्दै वडाले पार्किङको लागि जग्गा लिजमा लिएको उहाँको भनाई छ ।


सडकमा जथाभावि सवारी पार्किङ कारण सडकमा निकै जाम हुने र सडकमा हिड्न मुस्किल हुने समस्याको अन्त्य हुने उहाँले बताउनुभयो । यात्रुवाहक सवारी सल्लेमा पाकिङ गर्ने भए पनि मालबाहक सवारीको लागि भने कुनै निर्णय भएको छैन । मालबाहक सवारीको लागि पनि मालबाहक सवारी धनी, ट्राफिक प्रहरी र वडाको सयुक्त बैठकले छिटै निर्णय गर्ने वडा अध्यक्ष केसीले बताउनुभयो ।


सल्लेको पार्कीङ स्थल बाहेक सडकमा सवारी पार्किङ गरेको पाइएमा ट्राफिक प्रहरी र नगर प्रहरीले कार्वाहि गर्ने बताइएको छ । सल्लेमा रहेका वस पार्क सानो भए पछि सदरमुकाममा सवारी पार्किङको निकै समस्या हुने गरेको थियो । साना सवारी साधन सहिद मैदान र पुष्पलाल चोकमा पार्किङ गरिदै आइएको छ भने ठुला सवारी साधन जथाभावि सडकमा पार्किङ गर्ने गरिएको छ । आज भएको वडाको निर्णयले भने सवारी पाकिङमा सहज आउने अपक्षा गरिएको छ ।

Facebook Comments