• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
१३ लाख फिरौती माग्ने व्यक्ति पेस्तोलसहित पक्राउ




१३ लाख रुपैयाँ फिरौती रकम माग्ने एक युवकलाई प्रहरीले दाङको घोराहीबाट बुधबार बेलुकी पेस्तोलसहित पक्राउ गरेको छ ।

रोल्पाको परिवर्तन गाउँपालिका वडा नं ५ राङकोटका ३४ वर्षे राजकुमार दमाइलाई एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली एक थान र एउटा मोटरसाइकलसहित केहिबेर अघी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

राजकुमारले एक हप्ताअघि घोराही बिपी चोकका एक ब्यक्तिसँग १३ लाख फिरौती मागेको र आज ३ लाख रुपैया दिँदै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आफूलाई फिरौती रकम मागेको जानकारी ती व्यक्तिले प्रहरीलाई गराएका थिए । फिरौती रकम बापत ३ लाख नक्कली रुपैयाँ बुधवार दिने भनि राजकुमारलाई लिन आएको अवस्थामा प्रहरीले जनाएको छ ।

Facebook Comments