• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पार्टी एकता विचार र आटबाट सम्भव: प्रचण्ड




कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचार राजनीतिमा आएको एकरुपता र नेतृत्वको आटले पार्टी एकता सम्भव भएको बताउनुभएको छ ।

गोकर्ण रिसोर्टको भाडा बिधिसम्मत: प्रधानमन्त्री प्रधानमन्त्री एव नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केपी शर्माले गोकर्ण रिसोर्ट भाडामा दिने काम बिधिसम्मत रहेको बताउनुभएको छ ।

प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा सपथ ग्रहण समारोहलाइ सम्बोधन गर्दै उहाँले सो धाराणा राख्नुभएको हो ।

अहिले मिडियाको भूमिका निर्णायक भएको भन्दै उहाले मिडियाकर्मी थप सचेत हुनुपर्ने बताउनुभयो । हिजो राजनीति घटनाको वरिपरि मिडिया घुम्ने गरेकोमा अहिले मिडियाको वरिपरि राजनीति घुम्ने गरेको उहाँले बताउनुभयो ।

अहिले पनि सूचना प्रबिधि बुर्जुवाको हातमा रहेको औल्याउँदै उहाले जनपक्षीय पत्रकारहरुले सूचना प्रबिधि र कला दुबैमा श्रेष्ठता हासिल गर्नुपर्ने बताउनुभयो । बुर्जुवाले कन्टेन्टमा ध्यान नदिने तर कलाको सहायताले जनतालाइ भ्रमित गर्ने भएकाले जनपक्षीय पत्रकारले पनि कन्टेन्टका साथै कला र प्रबिधिमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरु दस गुणा बढी तयारीका साथ आउने भएकाले क्रान्तिको रक्षाका लागि पनि जनपक्षीय पत्रकार लाग्नुपर्ने अध्यक्ष प्रचण्डले उल्लेख गर्नुभयो ।

Facebook Comments