• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ र रुकुमका तीनसहित पाँच जनालाई अमेरिकाबाट जहाज चार्टर गरी नेपाल फर्काइयो





स्थायी आप्रवासको आश्वासनमा दलालमार्फत चोरी बाटो हुँदै अमेरिका पुगेका पाँच नेपालीलाई अमेरिकाले नेपाल फर्काएको छ। लामो समय अध्यागमनको हिरासतमा रहेका नेपाली युवालाई त्यहाँको अदालतले गैरआप्रवासी ठहर गरेपछि अमेरिकाले नेपाल ‘डिपोर्ट’ गरेको हो।

डिपोर्ट भएका ती नेपालीलाई छोड्न बुधबार चार्टर्ड बिमान काठमाडौं आएको थियो। अमेरिकी सरकारले चार्टर्ड गरेर पठाएको निजी बिमानमा अबैध बाटो हुँदै अमेरिका पुगेका नेपाली युवासहित तीन जना पाकिस्तानी नागरिक पनि थिए।

नेपाली युवालाई काठमाडौं उतारेर ‘डिपोर्ट’मा परेका तीन नागरिक छोड्न उक्त बिमान पाकिस्तान गएको नेपाल प्रहरीको मानव बेचबिखन तथा ओसारपसार ब्युरोका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक ईश्वरबाबु कार्कीले बताए।
कार्कीका अनुसार नेपालस्थित अमेरिकन दूतावासले पहिले नै नेपाललाई उनीहरूको ‘डिपोर्ट’को जानकारी दिएको थियो।

यसरी फर्काइएका नेपालीमा रूकुम स्यालापाखा-९ का नरेन्द्र रेउले, प्रमोदकुमार पुन मगर, बाग्लुङ धम्जाका देवेन्द्रबहादुर क्षेत्री, दाङ घोराहीका अभिश्वर बुढामगर र नवलपरासी कावासोतीका अर्जुन पौडेल क्षेत्री छन्। उनीहरूलाई अहिले ब्युरोले संरक्षणमा राखेको छ।

Facebook Comments