दाङ–बाँके सिमानामा बस दुर्घटना, अधिकांश यात्रु घाइते

प्रकाशित मिति :  १९ आश्विन २०७६, आईतवार

सिस्ने अनलाइन

काठमाण्डौं बाट सुर्खेतको लागी छुटेको ना ७ ख ६८४१ नम्बरको यात्रुवहाक बस दाङ र बाँके जिल्लाको सिमनामा रहेको शिव खोलामा दुर्घटनामा परेको छ ।

दुर्घटना स्थलमा अहिले प्रहरी र नेपाली सेनाको टोली पुगेर घाईतेहरुको उद्धार गरिरहेका छन् ।

दुर्घटना स्थल बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रको राप्ती सोनारी गाउँपालिका वडा नं. ९ पर्ने ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ । बसमा सवार यात्रुहरुलाई सामान्य चोटपटक लागेको र उनिहरुलाई उपचारको लागी कोहलपुर र नेपालगञ्ज पठाइएको छ ।

‘८–९ जनालाई अली धेरै चोट छ । उहाँहरुलाई उपचारको लागी नेपालगञ्ज पठाउदै छौं, एम्बुलेन्स आउदैछ’ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख खिमबहादुर घर्तीले भने–‘सामान्य चोट लागेकाको संख्या धेरै भएपनि भर्ना गरेर उपचार गर्नुपर्ने यात्रुलाई पहिलो प्राथमिकतामा राखेर अस्पताल पठाउन लागेका छौं ।’

Facebook Comments