कामीगाउँ टोललाई मदिरामुक्त घोषणा

प्रकाशित मिति :  १९ आश्विन २०७६, आईतवार

सिस्ने अनलाइन

रुकुमपश्चिमको मुसिकोट नगरपालिका वडा न ९ मा रहेको कामी गाउँ टोल बिकास सस्था हिलमा मदिरा मुक्त टोल घोषणा गरिएको छ ।

हिलको जुवाला आधारभुत विद्यालय हिलको प्राङ्गणमा एक औपचारिक कार्यक्रमको बिच घोषणा गरिएको हो । आजका मिति देखि हाम्रो टोलमा मदिरा बिक्री बितरन उत्पादन र सेवन गर्ने छौनौ , मदिरा बिक्री बितरन उत्पादन र सेवन गरेमा मदिरा नियन्त्रण सम्बन्धि टोल बासिले गरेको निर्णय लाई पालना गरि यश टोल लाइ सभ्य,सान्त,समृद्धि बनाउनको लागि हामी सधै प्रतिबद्ध हुने छौ भन्ने प्रतिबद्धता जाहेर गरि मदिरा मुक्त टोल घोषणा गरिएको हो ।

सो घोषणा कार्यक्रममा प्रमुख अतिथी कर्णाली प्रदेश सभा सदस्य माननीय देबि ओलिले समाजमा रहेको बिकृती लाई अनते गर्नको लागि सामाजिक रूपमा खल्ल पुराउने र घरेलु हिम्सा सहेर बस्न बाध्य बनाउने र अकाल्मै मर्ने मार्ने र बाचेकालाइ बिचल्ली बनाएर छोड्ने जो कि मदिरा सेवनकै कारणले गर्दा हाम्रो समाजमा अनेकौ दुस्ख पाउने काम भैरहेको छ यहि कार्य लाई अनते गर्नको लागि यश टोल बासिले थालनी गरेको कामको लागि धन्यवाद सहित सफलताको सुभकामना दिनु भएको थियो ।

९ न वडा अध्यक्ष नवीन ओलिले सहभागी सबै लाई प्रतिबद्धता जाहेर गराएको उक्त कार्यक्रममा वड न ९ का सबै जनप्रतिनिधिहरु पार्टी प्रतिनिधि झुल्खेत प्रहरी चौकि इन्चार्ज टोल बिकास सस्था आमा समूह महिला समूह सहकारी बन समूह शिक्षक लगाएतका समूह सस्थाहरुका प्रतिनिधि लगाएत कामी गाउँ टोल बिकास सस्था भित्र रहेका जनसमुदायहरुको सहभागिता रहेको सो मदिरा मुक्त घोषणा कार्यक्रममा मदिरा मुक्त टोल समितिकी अध्यक्ष प्रमिला घर्तिको अध्यक्षता र सचिन विशाल ओलिको सन्चालनका सो कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments