इच्छुक प्रतिष्ठानको अध्यक्षमा दुःखी

प्रकाशित मिति :  १३ आश्विन २०७६, सोमबार

सिस्ने अनलाइन

इच्छुक सांस्कृतिक प्रतिष्ठानको अध्यक्षमा हिरामणि दुःखी चयन हुनुभएको छ । प्रतिष्ठानको आठौं प्रज्ञासभाबाट उहाँ अध्यक्षमा चयन हुनुभएको छ ।

काठमाडौंमा सम्पन्न सभाबाट सदस्य सचिवमा मित्रलाल पंज्ञाली चयन हुनुभएको छ ।

प्रतिष्ठानका सदस्यहरुमा प्रा. डा. ताराकान्त पाण्डेय, प्रा. डा. जगदीशचन्द्र भण्डारी, इस्माली, रोशन जनकपुरी, गौरी दाहाल, चन्द्रा थामी र पञ्चकुमारी परियार चयन हुनुभएको छ ।

त्यस्तै सल्लाहकारहरुमा सिपी गजुरेल र तक्मा केसी रनुभएको छ ।

निवर्तमान अध्यक्ष इश्वरचन्द्र ज्ञवालीको अध्यक्षता तथा मोहन वैद्य ‘चैतन्य’को प्रमुख आतिथ्यमा भएको प्रज्ञा सभाले ८४ लाख बराबरको बजेट पारित गरेको छ ।
भवन निर्माणले पायो पूर्णता

भवन निर्माण पूरा भएको जनाउँदै प्रतिष्ठानले अब पूर्णरुपमा प्राज्ञिक काममा जुट्ने निर्णय गरेको छ ।

जसअनुसार जनयुद्धका सांस्कृतिक सहिदहरुको रचना संकलन र प्रकाशन गर्ने तथा सम्पूर्ण सांस्कृतिक सहिदको तथ्यांक लिने निर्णय गरिएको नवनिर्वाचित अध्यक्ष दुःखीले जानकारी दिनुभयो।

सभाले एउटा अन्तर्राष्ट्रियस्तरको गोष्ठी गर्ने निर्णय गरेको छ । त्यस्तै दाङ, पोखरा, चितवन, सुर्खेत, जुम्ला, धरान र जनकपुरमा गोष्ठी गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments