गीत रेकर्डिङमा नयाँ रेकर्डः पाँच बर्षिया रोल्पाली बालिकाले दिइन स्वर

प्रकाशित मिति :  ९ आश्विन २०७६, बिहीबार

के.एम. देवकोटा

गीत सङ्गीत क्षेत्रमा निकै नै अनुराग बढ्दै गइरहेको वर्तमान अवस्थामा रोल्पा गजुल निवासी दीपक सुवेदी र सुशिला सुवेदीकी ५ बर्षिया छोरी प्राप्ती सुवेदीले गीत रेकर्ड गरायकी छन् ।

कीर्तिमानी गीतकार डा.डी.आर. उपाध्यायको शब्द तथा चर्चित सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीतमा उक्त गीत काठमाडौंको अक्वेस्टिक नेपाल रेकर्डिङ् स्टूडियोमा यसैसाता रेकर्ड गरिएको हो ।

विभिन्न सामाजिक बिषयवस्तुहरूमा रहेर बिभिन्न उपन्यास तथा गीत लेखन गर्दै आएका गीतकार उपाध्यायले यस गीतमा महिला हक अधिकारको बिषयवस्तुलाई उठान गरेका छन् ।

नेपालमा मात्र होईन विश्वकै विभिन्न मुलुकहरूमा बालिकादेखि बृद्धावस्तासम्मका नारीहरु विभिन्न हिंसाका शिकार भईरहेको परिप्रेक्षमा गीतकारले त्यसको प्रतीक स्वरूप ७१ बर्षीया चर्चित गायिका ज्ञानु राणा तथा पाँच बर्षीया नवगायिका प्राप्तीको स्वरमा उक्त गीत रेकर्ड गराएका हुन् ।

‘एक्काईसौँ शताब्दीको आधुनिक सभ्य समाजमा दिनहुँ पिचासबाट प्रताडीत छन् नारी’ बोलको गीतमा पहिलोपटक गीत गाएकी प्राप्तीको गीत गाउने कलालाई गायिका ज्ञानु राणा, सङ्गीतकार श्रेष्ठ तथा गीतकार उपाध्यायले समेत प्रशंसा गरेकाछन् भने परिवारका सदस्यहरु खुशी भएका छन्।

बयस्कले ले प्रकारको शब्द र सङ्गीतमा समेत राम्रो कार्यसम्पादन देखाएपछि बालगायिका प्राप्तीको गीत सङ्गीतप्रतिको आगामी दिन उज्ज्वल हुने अनुमान गरिएको छ ।

Facebook Comments