ब्यावसायिक तरकारी खेतीबाट वार्षिक ३५ लाखसम्म आम्दानी

प्रकाशित मिति :  ७ आश्विन २०७६, मंगलवार

जंग रेउले

नेपाल एक कृषिप्रधान देश हो । र, नेपालमा अधिकांस मानिस अझै कृषि पेशामै आधारित छन् । तथ्यांक हेर्ने हो भने करिब ८०प्रतिशत भन्दा अढी मानिस कृषिमै निर्भर रहेको पाईन्छ । तर, यति धेरै मानिस कृषि पेसामा आबद्ध भएपनि नेपालीको जीवनस्तर खस्किदो र तकारी तथा खाद्यन्नबस्तु देश अझै परनिर्भर नै रहेको देखिन्छ ।

र, दैनिक जसो बाहिरबाट टनकाटन तरकारी तथा फलफूल भित्रिन्छ । यसो हुनुमा फलत: नेपाल सरकारले कृषि क्षेत्रमा लगानी नगरेको र कृषकलाई समयमै बिउबिजन तथा मल र अनुदान उपलब्ध गराउन नसक्नु हो , भने उत्पदन भएका बस्तुले बजार नपाउनु र बजार पाएपनि मुल्य नपाउनुका कारण कृषकहरुलाई नैरास्यता महसुस भएको छ ।

तर दाङको घोराही उपमहानगरपालिका -२ रामपुरका कृषक हरि जिसी भने ब्यावसायिक कृषि खेतिमा उत्साहित भएका छन् । रामपुर मै बसेर परम्परागत तरकारी खेती गर्दै आएका जिसी पछिल्लो समयमा ब्यवसायिक खेतीबाट मनग्य आम्दानी लिएका छ्न ।

स्थानीयस्तरमा तरकारीको अभाव तथा संकट हुन नदिन स्थानीय उपभोक्तालाई ताजा तरकारी उपलब्ध गराउने उद्देश्यका साथ सुबर्ण कृषि फर्म दर्ता गरेर ब्यवसायिक तरकारी खेती शुरु गरेको युवा कृषक हरि जिसीले बताए । रामपुरमा पाच वर्षका लागि साढे तीन बिघा जमिन भाडामा लिएर ब्यवसायिक कृषि खेती सञ्चालन गरेको छु´,उनेले भने अब यसलाई बिस्तारै बढाएर छ बिघा जमिनमा खेती गर्ने लक्ष्य हो ।´

झन्डै दुई वर्षदेखि टमाटर ,करेला,भिन्डी,सेमी,बोडी ब्यवसायिक रूपमा तरकारी खेती गर्दै आएको र बजारको माग अनुसार स्थानीय बजारदेखि प्रदेश न.५ को बजार बुटवलसम्म तरकारी खपत हुने गरेको जिसीको भनाई थियो ।

थुप्रै कामको अनुभव पश्चात् कुल ११ लाखमा शुरु गरेको ब्यवसायिक तरकारी खेतीबाट वार्षिक रुपमा करिब ३०देखि १५ लाखसम्म आम्दानी प्राप्त गरेको उनले बताए । अहिले तरकारी खेतीसम्म पाच वटा सिसी क्यामेरा जाडान गरेको छु´,उनले भने सबै काम आफैले हेर्न नपाउने भएकाले कामदार र तरकारी खेतीलाई प्रत्यक्ष /अप्रत्यक्ष रूपमा निगरानी राख्न र सुरक्षित खेत्र बनाउन हो ।´

ब्यवसायिक कृषि खेती शुरु गरे देखि नै सिजनमा दैनिकी जसो ४३ जना स्थानीयबासीलाई रोजगार समेत दिदै आएको र अझ तरकारी खेती बिस्तार संगै रोजगारको दायरा पनि बढाउदै लैजाने उनको भनाई थियो । आफ्नो निजी लगानी जिसीले हाल दुई बिघा जमिनमा ब्यावसायिक कृषि खेती गर्दै आएका छन् । तर, आफु ब्याबसायिक खेती शुरु गरेदेखी अहिलेसम्म कुनै पनि प्रकारका अनुदानका कार्यक्रमहरु पाउन नसक्दा असहज महसुस भएको समेत बताए ।

Facebook Comments