सिम्तामा अतिविपन्न परिवारलाई सोलार सेट वितरण

प्रकाशित मिति :  ३१ भाद्र २०७६, मंगलवार

इन्द्र बुढाथोकी

सुर्खेतको सिम्ता गाउँपालिका वडा ६ मा विपन्नता परिवारलाई साेलार सेट वितरण गरेको छ ।

अती विपन्न घर परिवारकाे एकिन गरि वडाले साेलार वितरण गरेकाे वडा न ६ का वडा अध्यक्ष राजेन्द्र सिहले बताएका छन । ६ नम्बर वडा निवासि सीता वादि, कविता महर, तारा कामी, गृम वहादुर वि क, लिलमा वादि, हिमवहादुर वुढा र गाेमा देवि वादि गरि १६ जनालाई मंगलबार नै एक कार्यक्रमका विच ५१ वाटकाे साेलार वितरण गरिएको छ ।

वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र सिंह अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी सिम्तागाउपालिका प्रमुख प्रशासकीय अधिकृत जनक वहादुर हमाल, अन्य जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा साेलार वितरण कार्यक्रम अायाेजना गरिएको अध्यक्ष सिहले जानकारी दिएका छन ।

त्यसै गरि गरिविकाे रेखामुनि रहेका अति विपन्नता परिवारकाे नामङकन तथा रेखाङकन गरि गाउँपालिकाका प्रत्येक वडामा १० सेटका दरले ९६ साेलार सेट वितरण भएको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के सि ले जानकारी दिनु भएको छ ।

सिम्तामा गरिविकाे रेखामुनि रहेका नागरिकलाई जीवन पद्धति परिवर्तन गरि माथी उठाउने गाउँपालिकाकाे प्रमुख लक्ष्य अनुरुप याे काम गरिए अध्यक्ष केसिले वताएका छन ।

Facebook Comments