देउखुरीका मोबाइल ब्यवसायीको अधिवेशन पोखरामा

प्रकाशित मिति :  २९ भाद्र २०७६, आईतवार

पवन पाेख्रेल

देउखुरी माेबाईल व्यवसायी संघकाे विशेष भेला तथा प्रथम अधिवेशन पाेखराकाे लेकसाइडमा भब्य रूपमा सम्पन्न भएको छ ।

पटक- पटक भेला बाेलाउदा व्यवसायीहरूकाे व्यवसायमा असर पर्ने हुदा व्यवसायीक अध्ययन भ्रमणमा अाएका वेला सवै व्यवसायीहरूकाे उपस्थिति समेत उल्लेखनीय मात्रामा भएकाले त्यस अनुकुलतालाई मध्यनजर गरि पाेखरामा नै प्रथम अधिवेशन तथा विशेष भेला अायाेजना गरिएको संघले जनाएको छ ।

संघका तदर्थ समितिका अध्यक्ष भिम प्रसाद भुसालकाे अध्यक्षता तथा नेपाल अभिभावक महासंघ ५ नम्बर प्रदेशका सचिवालय सदस्य तथा सामाजिक अभियान्ताभु-माण्डप के.सी.काे प्रमुख अातिथ्यतामा सम्पन्न भएको विशेष भेला तथा प्रथम अधिवेशनले भिम प्रसाद भुसालकै अध्यक्षतामा अागामी २ बर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेकाे छ ।

संघकाे विधान अनुरूप सस्था दर्ता भएको ६ महिनाभित्र तदर्थ समितिले विशेष भेला तथा अधिवेशन डाकि नयाँ कार्यसमिति गठन गरिसक्नुपर्ने प्रावधान भएकाले नयाँ कार्यसमितिकाे गठन गरिएको हाे ।जसकाे बरिस्ठ उपाध्यक्षमा विजय सिंह ठकुरी,उपाध्यक्षमा जितेन्द्र कुमार गुप्ता,महासचिवमा राजु गिरी,सचिवमा माधब भुसाल,काेषाअध्यक्षमा अभिषेक पाेख्रेल तथा सदस्यहरूमा शरद अधिकारी,राजु कुमाल, महेश चाैधरी,नारायण चाैधरी,बुद्धिराम भुसाल (बिष्णु),लालमणी भुसाल र लक्ष्मीनारायण चाैधरी सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।

त्यसैगरी अधिवेशनले प्रमख सल्लाहकारमा भु-माण्डप के.सी , कानुनी सल्लाहकारहरूमा भानु जाेशी र जागेश्वर बसेल तथा प्रेस सल्लाहकारमा पवन पाेख्रेललाई समेत चयन गरेकाे छ। अधिवेशनले देउखुरीका हरेक स्थानीय तहमा इन्चार्ज समेतको जिम्मेवारी बाडफाड गरेकाे छ ।जसमा लमही नगरपालिकामा दिनेश भण्डारी,राप्ती गाउँपालिकामा मंगल चाैधरी,गढवा गाउँपालिकामा चन्द्र बहादुर चाैधरी र राजपुर गाउँपालिकामा सुनिल के.सी. लाई इन्चार्जकाे जिम्मेवारी प्रदान गरेकाे छ ।

साथै उक्त भेलाले संघका कार्यसमिति सदस्य नारायण चाैधरीका पिता प्रेमदास चाैधरीकाे निधन प्रती दु:ख व्यक्त गर्दै शाेक प्रस्ताव समेत पारित गरेकाे छ ।

संघका बरिस्ठ उपाध्यक्ष श्री बिजय सिंह ठकुरीकाे स्वागत मन्तब्यबाट सुरू भएको भेलाकाे सहजिकरण महासचिव राजु गिरीले गर्नुभएको थियाे ।

Facebook Comments