जलजला सहकारीको १२ औं साधारणसभा, शेयर सदस्यहरु उत्साहित

प्रकाशित मिति :  २८ भाद्र २०७६, शनिबार

सिस्ने अनलाइन

सहकारीलाई समाजवादउन्मुख अर्थ ब्यवस्थाको आधार बनाउनुपर्नेमा घोराहीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले संविधानले नै समाजवादउन्मुख अर्थब्यवस्था स्वीकार गरेकाले त्यसलाई कार्यान्वायन गर्न सहकारीहरुले योगदान गर्नुपर्ने बताए ।

जलजला वचत तथा ऋण सहकारी संस्था घोराहीको १२ औं साधारणसभा उद्घाटनमा उनीहरुले यस्तो धारणा राखेका हुन् । सहकारीका अध्यक्ष कृतिमान पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद शर्माले सहकारीहरु स्थानीय तहमा गएकाले नयाँ कानूनअनुसार काम गर्न सहकारीहरुलाई आग्रह गर्नुभयो ।

उहाँले एउटा व्यक्ति समान प्रकृतिका दुइ सहकारीमा बस्न नपाउने र सञ्चालक समितिमा पनि लगातार दुइ कार्यालय बस्न नपाउने प्रावधान रहेको बताउनुभयो । यो अवधारणा अर्को बर्षको असोजभित्र लागु गरिसक्नुपर्ने भएकाले यसमा सबै शेयर सदस्य र सञ्चालकहरुले ख्याल गर्नुपर्ने उहाँले बताउनुभयो ।

बिशिष्ठ अतिथि घोराही १४ का अध्यक्ष शक्तिराम डाँगीले जलजला सहकारीले घोराही क्षेत्रमा आर्थिक समृद्धिका लागि ठूलो योगदान गरिरहेको बताउनुभयो । ७ सय १२ जना नागरिकलाई आर्थिक क्रियाकलापसँग जोड्नु महत्वपूर्ण भएको उहाँले बताउनुभयो । घोराही उपमहानगर सहकारी शाखा प्रमुख होमलाल भुसालले सहकारीका नियम कानून हरेक संस्था र सदस्यले लागु गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा साझेदारी सहकारीका मोतीलाल केसी, गोरखा सहकारीका दीपेन्द्र पुन, मजदूर सहकारीका कृष्ण भण्डारी, राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि नरेन्द्र योगीलगायतले बोल्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष भोपलाल रोकाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन सचिव निमा घर्तीले गर्नुभएको थियो ।

Facebook Comments