• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दुर्गम ठाउँमा पुगेका सभामुख र मन्त्रीसँग विकासको आशा (फोटो फिचर)





प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्ती मगर, प्रदेश ५ सरकारकै भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल, प्रदेश ५ का भौतिक पूर्वाधार विकास समितिका सभापति आशा स्वर्णकार, प्रदेशसभाका सदस्य तेजबहादुर ओली र जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओली त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी रुकुमपूर्वका इन्चार्ज खेममान खड्का लगायत भौतिक र कृषि मन्त्रालयका सचिवहरूले रुकुमपूर्वका भूमे, पुथा र सिस्ने गाउँपालिकाका विकट ठाउँका समुदायसँग साक्षात् गरिरहनु भएको छ ।

सोमबार देखि भूमे–९ चुनबाङबाट समुदायसँग भेटघाट तथा प्रदेश सरकारको बजेटबाट योजना सञ्चालन भइरहेका विकास निर्माणको निरीक्षण उक्त टिमले सडक सञ्जाल तथा सञ्चारको पहुँचबाट वञ्चित रहेका ठाउँहरूका समुदायसँग भेटघाटमा रहनुभएको हो ।

बुधबार बिहान भूमे गाउँपालिकाबाट यात्रा सुरु गर्नुभएका उहाँहरूले पुथाउत्तरगंगा गाउँपालिकाको क्यूबाङ, गर्खानी, कोल, गोल्खाडा त्यसैगरी राङ्सी, नाखा हुँदै जामा बगर सिस्ने गाउँपालिकाको नाइगाट, तिपतारा, देउखोला भएर दाउने भई बिहीबार दिउँसो रुकुमकोटमा पुग्नुभएको हो ।


पुथा–१४ जामा बगर सम्म सडक पुगेता पनि वर्षातका पहिरोले सडक अवरुद्ध खोल्न नसकिएको कारणले नाखा गाउँबाट नै पैदल तीन घण्टा हिदेर सिस्ने–२ नाइगाटमा बुधबार बास बसेर बिहीबार बिहान तीन घण्टा सानीभेरीको तिरै तिरको भिरका यात्रासँगै स्थानीय समुदायसँग अन्तरक्रियात्मक र छलफल गर्दै देउखोला सम्म पैदल यात्रा गर्नुभएको हो ।


विभिन्न गाउँमा उहाँहरूलाई भव्य स्वागत गरेका हुन् । उहाँहरू समक्ष विभिन्न ठाउँका बासिन्दाले विभिन्न योजनाका लेखित तथा मौखिक माग गरेका छन् । नाइगाट, जाङ, हुकाम, मैकोट सिस्ने लगायत बस्तीमा सडक तथा सञ्चारको मुख्य समस्या रहेको सिस्ने गाउँपालिका–२ का वडा अध्यक्ष तथा पालिकाका प्रवक्ता जीवन केसीले उहाँहरू समक्ष जानकारी गराउनुभयो ।

यी मुख्य समस्या हल भयोभने यहाँको जनजीवन सहज र यी ठाउँमा धेरै महत्वपूर्ण पर्यटकीय स्थल र ऐतिहासिक स्थल लगायत बहुमूल्य जडिबुटी भएको ठाउँ रहेकोले सडक र सञ्चारको सुविधा भयो भने सबैको गन्तव्य स्थल हुने अध्यक्ष केसीले बताउनुभयो ।


अहिले सडक नभएका कारणले विभिन्न दुवानी सामाग्री ओसारन समस्या खेपिरहेका छन् । यहाँको गोरेटो बाटो पनि सारै नै जोखिमपूर्ण रहेको छ । चट्टा नै चट्टाको ठूला ठूला भिर भएकाले उक्त क्षेत्रमा चट्टानलाई फोरेर बाटो भनाइएको छ त्यसमा आओत जाओत गर्दा अहिले सम्ममा धेरैको ज्यान समेत गुमेको त्यहाँका स्थानीयले बताएका छन् । त्यसैगरी घोडा खच्चरबाट सामान लोड र मान्छेले बोकेर जादा पनि सारै नै जोखिमपूर्ण यात्रा मोलेर आउजाउ भइरहेको सुनाएका छन् ।

त्यसले गर्दा विद्यालयका भौतिक योजना, खानेपानी, विद्युत् जस्ता योजनाका काम गर्दा आवश्यक सामाग्री पु¥याउनमा सारै नै समस्या आइरहेको दुखेसो पोख्ने गरेका छन् । त्यसले गर्दा सरकारले सडक बाटो खोलिदियो भने पैदल यात्राको पनि ठूलो सहयोग पुग्ने बताएका छन् ।
निर्वाचित भएर अहिले महत्वपूर्ण जिम्मेवारमा रहेर उहाँहरूले घर आगनमै आएर हाम्रो समस्यालाई बुझ्नु भएकोमा स्थानीयबासी हर्षित तथा उत्साहित भएका छन् ।


उहाँहरूको दुःख तथा समस्यालाई समाधान गर्नुको लागि भौतिक पूर्वाधार विकास मन्त्रालयका सबै टिम, कृषि लगायतको जिल्लाका राजनीतिक व्यक्तीत्वको टिमबाट निरीक्षण गरिएको छ अब छिटै सडकलाई जोडिने कुरा सभामुख घर्तीले जानकारी दिनुभयो ।


चार दिन रुकुमपूर्वमा यात्रा तथा जनभेटघाट गरिरहदा रुकुमपूर्वमा सडकसञ्जाल, सञ्चार, स्वास्थ्य र शिक्षालाई विशेष जोडिदिनु पर्ने देखिएको भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताउनुभयो । सडक सञ्चालनमा रहेका ठाउँमा पनि सारै नै जोखिम मोलेर यात्रा गर्नु पर्ने र खोलामा पुल नहुँदा स्थानीयले सारै नै सास्ती भोगि रहेका कुरा उल्लेख गर्दै मन्त्री चौधरीले भन्नुभयो–‘सञ्चालनमा रहेका सडकलाई छिटै स्तरउनोत गर्ने र मुख्य बस्तीमा सडक नजोडिएको बस्तीमा छिटै जोडिनु पर्ने रहेको छ ।’

नाइगाट, मैकोट, सिस्ने, जाङ लगायत दर्जनौ मुख्य बस्तीमा अहिले सम्ममा पनि घोडा÷खच्चर तथा मान्छेले बोकेर सामान ओसारपसार गरिरने बाध्यता लगायत सञ्चार, स्वास्थ्य र शिक्षाका पहुँचबाट ताधा रहेकोले प्रदेश ५ सरकारको एक मात्र हिमाली जिल्लालाई विकासको गतिलाई तिव्रगतिमा गर्ने योजनाका साथमा सरकार लागि रहेको मन्त्री चौधरीले भनाइ राख्नुभयो ।

Facebook Comments