शिक्षक संगठनको बैठकः शिक्षालाई सूचना प्रविधिसँग जोड्नुपर्नेमा जोड

प्रकाशित मिति :  २७ भाद्र २०७६, शुक्रबार

सिस्ने अनलाइन

एकीकृत अखिल नेपाल शिक्षक संगठन तुलसीपुर उपमहानगर पालिका स्तरीय कमिटीको बैठक कमिटीका अध्यक्ष पूर्ण पुन को अध्यक्षतामा आज मावि सेन्टर तुलसीपुरमा सम्पन्न भयो ।

नगर भित्रका शिक्षक र नगर पालिका, शिक्षा महाशाखा प्रमुख, पार्टीका अध्यक्षसँग शैक्षिक विषयमा छलफल र अन्तरक्रिया कार्यक्रमका साथै परिचयात्मक कार्यक्रम सौहार्द पूर्ण रूपमा सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि हाम्रो शिक्षक संगठनका केन्द्रीय महासचिव निम बहादुर के सी रहनुभएको थियो।

विशिष्ट अतिथिहरु तुलसीपुर उपमहनगरपालिका शिक्षा महाशाखा प्रमुख भाष्कर गौतम,संगठनका केन्द्रीय सचिव तथा प्रदेश न ५का अध्यक्ष मदनकुमार शर्मा, केन्द्रीय सदस्य ज्योति चौधरी, प्रदेश सदस्य माधव भट्टराई, माधव महरा, पार्टी प्रदेश सदस्य राम बहादुर दहित, तुलसीपुर उपमहानगरका नेकापका अध्यक्ष खुशीराम चौधरी लगायत अन्य अथितीहरुको उपस्थिति रहेको थियो। कार्यक्रम मा केन्द्रीय महासचिव के सी ले शिक्षालाई सूचना तथा प्रविधि जोड्दै नयाँ ढङ्गले प्रस्तुत हुनुपर्ने कुरामा जोड दिनु भएको थियो।

महाशाखा प्रमुख गौतमले शिक्षाको पहुँच सबै बालबालिकामा पुर्याउन र गुणस्तरीय शिक्षा विस्तारमा शिक्षकले अहम भूमिका निर्वाह गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो साथै शैक्षिक व्यवस्थापनमा देखा परेका चुनौतीहरु सबै मिलेर हटाउनु पर्छ भन्ने कुरामा जोड दिनु भएको थियो।

पार्टीका प्रदेश सदस्य राम बहादुर दहितले शिक्षाले गुणस्तरीय जीवन बनाउनुपर्ने र यसमा सबै मिलेर अगाडि बढ्नुको विकल्प नभएको कुरा व्यक्त गर्नु भएको थियो। उक्त कार्यक्रम को सहजीकरण नगर सचिव नन्द खड्काले गर्नु भएको थियो भने स्वागत मन्तव्य नगर कमिटीका उपाध्यक्ष तथा शिक्षक महासंघ सह अध्यक्ष फरेन्द्र अधिकारीले गर्नु भएको थियो। बैठकको निर्णय अनुसार २०७६/५/२९ गते सङ्गठनको मागपत्र तुलसीपुर शिक्षा महाशाखा प्रमुख समक्ष पेश गरिने भएको छ।

Facebook Comments