वीपीको शालिक अनावरण, पार्टीलाई एक ढिक्का बनाउनुपर्नेमा देउवाको जोड

प्रकाशित मिति :  २७ भाद्र २०७६, शुक्रबार

सिस्ने अनलाइन

दाङको घोराहीमा स्थापना गरिएको वीपीको पूर्णकदको शालिक १०६ औं वीपी जयन्तीका अवसरमा अनावरण गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले शालिक अनावरण गर्नुभएको हो ।

कार्यक्रममा उहाँले पार्टीभित्रको एकतालाई जोड दिनुभयो । पार्टीलाई एक बनाएर मात्रै कम्युनिष्टसँग लड्न सकिने उहाँको भनाइ थियो । उहाँले बाँकेमा भएको घटनाको पनि बिरोध गर्नुभयो । उहाँले कम्युनिष्ट सरकारका कारण पार्टीमा ठूलो चुनौति आएको उल्लेख गर्दै त्यसको सामना गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता तिर्थराज चैतु, केन्द्रीय सदस्य तथा सांसद किशोरसिंह राठौर, केन्द्रीय सदस्यहरु शिला खड्का, अभिषेकप्रताप साह, राष्ट्रियसभा सदस्य अनिता देवकोटा, पाँच नं. प्रदेस सभा सदस्य डिल्ली चौधरी, सुरेन्द्र हमाल, पूर्व सांसद राजु खनाल, नेपाली काँग्रेस दाङका पूर्व सभापति विरकेशरी गौतम, घनश्याम रेग्मी, पूर्व उपसभापति मोहनलाल वली, नेताहरु योगेन्द्र चौधरी, नेताहरु भूपबहादुर डाँगी, भरतबहादुर न्यौपाने, जानकीलाल बस्नेत, कमलकिशोर घिमिरेलगायतले बोल्नुभएको थियो ।

Facebook Comments