• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल क्रान्तिकारी दाङका अध्यक्ष र सचिव पक्राउ





विप्लव नेकपानिकट अखिल क्रान्तिकारी दाङका अध्यक्ष अनिल केसी र सचिव खुमन पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीवार घोराहीमा भारतीय अतिक्रमित भूमि फिर्ताको माग गर्दै जुलुस निकाल्ने क्रममा पक्राउ परेका हुन् । भूमिगत पार्टीमा लागेर प्रतिबन्धित गतिबिधि गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ ।


यसैबीच विप्लवनिकट अखिल क्रान्तिकारी राप्ती समन्वय समितिको अगुवाइमा घोराही क्षेत्रका विभिन्न विद्यालयमा अध्ययरत विद्यार्थीहरुले जुलुस निकालेका थिए ।

अखिल क्रान्तिकारीका कार्यकर्ता विद्यालय विद्यालयमा पुगेर राष्ट्रियतासम्बन्धी आन्दोलनमा सहभागी हुन आव्हान गरेपछि विद्यार्थीहरु राष्ट्रिय झण्डासहित सडकमा निस्केका हुन् ।

यद्यपि जुलुसको अगुवाइ गर्ने क्रान्तिकारीका कार्यकर्ताले आफ्नो पहिचान नदिएर संगठनको झण्डा तथा माउ पार्टीलाई सहयोग पुग्ने नारा लेखिएका प्लेकार्ड विद्यार्थीलाई दिएका थिए ।

राष्ट्रियतासम्बन्धी भएकाले विद्यार्थीहरुलाई प्रदर्शन गर्न दिने तर प्रतिबन्धित दलसँग सम्बन्धित विद्यार्थी नेता कार्यकर्ता गिरफ्तार गर्ने सरकारी नीति बुझेपछि जुलुसमा भने अखिल क्रान्तिकारीका नेता कार्यकर्ता देखिएनन् ।

Facebook Comments