गौतमको निबन्ध संग्रहको बिमोचन

प्रकाशित मिति :  २७ भाद्र २०७६, शुक्रबार

सिस्ने अनलाइन

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङकाे आयोजनामा साहित्यकार सुन्दर गाैतमद्वारा लिखित जीवनयात्रा नामक निबन्ध सङ्ग्रहको घोराहीमा विमाेचन गरिएको छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष कमलमणि देवकाेटाकाे अध्यक्षता तथा वरिष्ठ पत्रकार एवम् साहित्यकार नारायणप्रसाद शर्माकाे प्रमुख अातिथ्यमा सन्चालित कार्यक्रममा प्रमुख अतिथि शर्मा लगायतका अतिथिहरुले संयुक्तरुपमा विमाेचन गर्नुभएको थियाे भने उक्त कृतिकाे समीक्षा प्रा.डा. शिवकुमार सुवेदी र टीकाराम उदासीले गर्नुभएको थियाे ।

कार्यक्रममा प्रमुख अतिथि नारायणप्रसाद शर्मा, सल्लाहकार गिरिराज शर्मा, उत्तमकृष्ण मजगैँया, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल, लेखक संघ दाङका अध्यक्ष खगराज न्याैपाने, प्रलेसका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, उद्योग वाणिज्य महासंघ प्रदेश नं.का उपाध्यक्ष हेमराज बण्जाडे, नागरिक समाज दाङका संयाेजक चन्द्रराज पन्त, नेत्रलाल स्मृति प्रतिष्ठान दाङका काेषाध्यक्ष शम्भु गाैतम लगायतले शुभेच्छा प्रकट गर्नुभएको थियाे भने पुस्तकका लेखक सुन्दर गाैतमले धन्यवाद प्रकट गर्नुभएको थियो ।

प्रकाश खनालकाे स्वस्तीवाचन तथा सभाध्यक्ष कमलमणि देवकाेटाकाे स्वागत एवम् विषय प्रवेशबाट शुरु भएको उक्त कार्यक्रमकाे सहजीकरण राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका सचिव शारदा शर्माले गर्नुभएको थियो ।

Facebook Comments