मुसीकोटमा सम्पत्ति करसम्बन्धी प्रशिक्षण

प्रकाशित मिति :  २७ भाद्र २०७६, शुक्रबार

धनकुमार शाही

रुकुम, (पश्चिम) को मुसीकोट नगरपालिकामा जनप्रतिनीधिहरु र कर्मचारीहरुको लागि सम्पत्ति कर सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

महिला बिकास केन्द्र सर्खेतको आर्थिक सहयोग र सहजीकरणमा नगरपालिकाका जनप्रतिनीधिहरु र कर्मचारीहरुको लागि तिन दिने सम्पत्ति कर सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । नगरपालिकाको वडा नम्बर १, स्थीत शिसिर वसन्त भ्यु होटेल खलंगामा स्थानीय सरकारका जनप्रतिनीधिहरु र कर्मचारीहरुको लागि तिन दिने सम्पत्ति कर सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ ।

गएको आर्थिक बर्षमा एकीकृत सम्पत्ति कर लागु भए पनि अहिले संघिय सरकारले सम्पत्ति कर अनिबार्य लागु गर्ने नीति ल्याएपछि स्थानीय सरकारका जनप्रतिनीधिहरु र कर्मचारीहरुको लागि सम्पत्ति कर सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । आगामी आर्थिक बर्षमा सम्पत्ति कर सङ्कलन गर्न सहज बनाउने र नगरपालिकाका सबै वडाहरुमा एक रुपता ल्याउने उद्देश्यले नगरपालिकाले सम्पत्ति कर सम्बन्धी प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । गत बुधबारदेखि शुरु भएको प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको बताइएको छ ।

उक्त कार्यक्रमको प्रशिक्षण तथा सहजीकरण महिला विकास केन्द्र सुर्खेतका निर्देशक हेमराज थापा र नगर प्रशिक्षण प्रतिष्ठान पोखराका निर्देशक हरि प्रसाद कोइरालाले गर्नु भएको थियो । नगर उप–प्रमुख प्रेम कुमारी सुनार केसीको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा नगर कार्यपालिकाका सम्पूर्ण सदस्यहरु, नगरपालिकाभित्र कार्यरत सबै वडा सचिवहरु र राजश्व तथा लेखा शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Facebook Comments