• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ऐतिहासिक वस्ती चुनवाङमा विकासको लहरः चारैतिरबाट सडकले घेरिदै





माओवादी जनयुद्धको बेलामा सबैभन्दा दुःख पाएको र चर्चामा रहेको ठाउँ हो रुकुमपूर्वको चुनवाङ । २०६२ असोजमा भएको तत्कालीन नेकपा माओवादी केन्द्रीय समितिको चर्चित बैठकपछि यो ठाउँको चर्चा बढी हुन थालेको हो ।

यही ठाउँका बसेको माओवादी केन्द्रीय समिति बैठकले पार्टीको कार्यदिशा बदल्दै अन्य दलसँग मिलेर शान्तिपूर्ण जनआन्दोलनमार्फत संविधानसभा निर्वाचन र गणतन्त्र स्थापनाको बाटोमा अघि बढ्ने निर्णय गरेको थियो ।


सोही राजनीतिक कार्यदिशाअनुसार मुलुक अघि बढे पनि लामो समयसम्म चुनवाङमा विकासले छुन सकेको थिएन । पछिल्लो समयमा भने चुनवाङले भौतिक विकास र कृषि उत्पादनमा एकैसाथ पड्को मार्न थालेको छ ।

चुनवाङ निवासी पूर्णबहादुर घर्ती मगर प्रदेशसभा सभामुख भएपछि अझ चुनवाङको प्रदेश सरकारसँगको पहुँच नजिकिएको थियो । जसअनुसार संघ र प्रदेशस्तरका थुप्रै विकास योजना सञ्चालनमा छन् ।


सहिद मार्गअन्तर्गत दाङको घोराहीबाट रोल्पा होलेरी–घर्तीगाउँ–बागमाराहुँदै चुनवाङसम्म सडक निर्माण भइसकेको छ । यही आर्थिक बर्ष कुंग्री–चुनवाङ सडक फराकिलो बनाइदैछ । अहिले घोराही–चुनवाङ नियमति गाडी चल्न थालिसकेका छन् ।

त्यस्तै चुनवाङदेखि भूमे गाउँपालिकाको कार्यालय खाबाङ जोड्ने सडक निर्माण भइसकेको छ । थवाङखोलामा पुल नबन्दा गाडी भने सञ्चालन हुन सकिरहेको छैन ।


त्यस्तै चुनवाङदेखि जिल्ला सदरमुकाम रुकुमकोट जोड्ने सडक पनि निर्माण भइरहेको छ । संघ र प्रदेशको बजेटबाट निर्माण भइरहेको यो सबैभन्दा ठूलो बजेटको सडक हो । चुनवाङ–गैरागाउँ–लाखर–कुचीवाङहुँदै रुकुमकोट जोड्ने सडकमा १७ करोडको काम भइसकेको छ भने १२ करोडको काम भइरहेको छ । चुनवाङ–गैरीगाउँ–तीनबैनी धार्मिकस्थल पदमार्ग पनि निर्माण भइरहेको छ ।


त्यस्तै चुनवाङबाट मध्यपहाडी लोकमार्ग जोड्ने चुनवाङ–सिमचौर–गर्पा सडक पनि निर्माण भइरहेको छ । चुनवाङबाट सिमचौर–बाहुनकात्ना–टिला–गर्पाहुँदै साँखको धुरीमा यो सडक मध्यपहाडी लोकमार्गमा मिसिनेछ ।

सिमचौरसम्म चार किलोमिटर डिपीआर गरिएको यो सडकको तीन किलोमिटर निर्माण भइसकेको छ । गत बर्ष एक करोड ३१ लाखको बजेट रहेको यो सडकमा यो बर्ष ५० लाख रहेको छ । त्यस्तै च्याङचुङ–भेरीडाँडा सडकको पनि अनुगमन गरिएको छ । यसमा एक करोड बजेट छ ।


यसैबीच प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले यी सबै निर्माणाधीन सडकहरुको अनुगमन गर्नुभएको छ । सो क्रममा उहाँले थवाङखोलामा पुल निर्माण आगामी बर्षदेखि शुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यस्तै समयमै काम भएका सडक योजनामा पनि बजेट थप गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

मुख्यमन्त्री शंकर पोख्रेलले रुकुमपूर्वका विभिन्न क्षेत्र र रोल्पाका सडकहरुको केही दिनअघि मात्रै अनुगमन गर्नुभएको थियो । उहाँ पुग्न नसकेको चुनवाङमा सभामुख पूर्णबहादुर घर्ती, भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरी र कृषिमन्त्री आरती पौडेलसहितको टोली आएको वडा अध्यक्ष प्रवेश पुनले जानकारी दिनुभयो ।

चुनवाङलाई गत बर्षदेखि कागती र लसुन खेतीको पनि पकेट क्षेत्रको रुपमा विकास गर्ने तयारी भइरहेको छ ।

Facebook Comments