• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अर्घाखाँचीमा दर्दनाक दुर्घटनाः १५ को मृत्यु, ११ घाइते




अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट बुटवल जादै गरेको बसको नरपानीमा दुर्घटना हुँदा १५ जनाको मृत्युु भएको छ । साथै ११ जना घाइते भएका छन् ।

बुधबार दिउँसो करिब २ बजेतिर लु २ ख २१४८ बस सन्धिखर्कबाट बुटवल जादै गर्दा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानी – घुम्टीको बिचमा पर्ने (नरपानी बजार नजिकै) कालाखोला / रातामाटामा दुर्घटना भएको हो।

बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ।

घाइतेहरु मध्ये ९ जनालाई बुटवल पठाईएको छ भने २ जना जिल्ला अस्पताल अर्घाखाँचीमा पठाईएको छ । मृत्युु हुनेको सनाखत हुन बाँकी छ ।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छन्। सडक तल भीर र जंगल भएकाले अन्य सम्भावित घाइतेहरुको खोजी कार्य भइरहेको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताए ।

मृतकको संख्या बढ्नसक्ने प्रहरीले बताएको छ ।

Facebook Comments