• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हत्याको साढे आठ बर्षपछि दोषी पक्राउ





हत्या आरोपका दोषी चार जनालाई साढे आठ वर्षपछि जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले उनीहरूलाई मंसिर ६ गते पक्राउ गरेको हो ।


भूमे गाउँपालिका–४, साकिमका ३१ वर्षीय श्रीमान भनिने समर्पण बुढा, सोही ठाउँकै बने भनिने २९ वर्षीय ओमप्रकाश घर्ती, गजित भनिने ३५ वर्षीय आकाश बुढा र ३२ वर्षीय दिपक घर्ती ८ वर्ष सात महिना पछि पक्राउ परेका हुन् ।


दाङको साविक त्रिभुवन नगरपालिका–१० घर भई भूमे गाउँपालिका–४ तल्लो साकिममा बस्दै आएका २२ वर्षीय बिजयकुमार पुनलाई २०६६ वैशाख ३ गते उनीहरूले अपहरण गरी हत्या गरेको आरोपमा २०६६/०६७ मा तत्कालिन जिल्ला प्रहरी कार्यालय रुकुमले कर्तव्य ज्यान मुद्दामा मुद्दा दर्ता गरेको थियो । त्यसपछि २०६८ वैशाख ९ गते रुकुम जिल्ला अदालत खलंगाले दोषि करार गरेको थियो ।


त्यसपछि फरार रहेका उनीहरूलाई शुक्रबार गाउँबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनुभयो ।

Facebook Comments