रुकुमपूर्वमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल

प्रकाशित मिति :  २१ भाद्र २०७६, शनिबार

जयमान बुढा मगर

चिटिक्क पारिएको रुक्मिणी माध्यामिक विद्यालय रुकुमकोटको मैदानमा खचाखच जनप्रतिनिधि, कर्मचारी तथा दर्शकको भिड थियो ।

एकाबिहानै दर्शकको बीचमा जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओली, भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगर, सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोवर्धन बुढा मगर त्यसैगरी प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्याल विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागीतामा फुटबल प्रतिस्पर्धाको खेलमैदानमा आ‐आफ्नो टिमको जितको निम्ति खेल प्रर्दशीनीले गर्दा सहभागी सबै दर्शकको मुहार हर्षित तथा मुस्कानमै थियो ।

शनिबार कर्मचारी मिलन केन्द्र रुकुमपूर्वको आयोजनामा जनप्रतिनिधि र कर्मचारीको बीचमा मैत्रीपूर्ण फुटबल प्रतियोगीता गरिएको हो ।

निजामती सेवा दिवसको अवसर पारी कर्मचारी मिलन केन्द्र रुकुमपूर्वले उक्त फुटबल आयोजना गरेका हुन् । खास दिवस आइतबार भएता पनि शनिबार एक सबैको फुर्सदिलो समय भएको हुनाले मनोरञ्जनात्मकको लागि उक्त खेल आयोजित गरेको कर्मचारी मिलन केन्द्र रुकुमपूर्वका अध्यक्ष हरिबहादुर पुनले बताउनुभयो । ‘आइतबार बजार परिक्रमा सहितको ¥याली कार्यक्रम आयोजना गरेर भेटघाट सहितको कोणसभा गरिनेछ’ उहाँले भन्नुभयो ‘नयाँ जिल्ला बनेपछि जिल्लामा पहिलो पटक कर्मचारी मिलन केन्द्रले उक्त कार्यक्रम गरेको हो ।’

एक घण्टाको समय निर्धारण गरिएकोमा ७–१ गोल अन्तरमा कर्मचारी टिम विजय भएको हो । कर्मचारी टिमबाट ५ औँ मिनेटमा गोलको सुरुवात गरेकोमा कर्मचारीले ७ गोल गर्दा जनप्रतिनिधि टिमले १ गोल गरेका थिए । अनौपचारिक कार्यक्रमका बीचमा सहभागी सबैलाई प्रमाण पत्रले पुरस्कृत गरिएको आयोजकले जनाएको छ ।

Facebook Comments