तीजलाई गहना होइन भावनाको पर्व बनाऔंः शर्मा

प्रकाशित मिति :  १२ भाद्र २०७६, बिहीबार

सिस्ने अनलाइन

नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का केन्द्रिय सदस्य तथा सामान्य प्रशासन विभाग उपप्रमुख रेखा शर्माले तीज पर्वलाई गहना प्रदर्शन होइन भावना साट्ने पर्वको रुपमा मनाउनुपर्ने बताउनुभएको छ ।

दंगीशरण गाउँपालिका वडा न. ६ स्थित रंगशालामा अखिल नेपाल महिला संघ निर्वाचन क्षेत्र न. ३ खद्धारा आयोजित तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले लुगा र गहना होइन तीज सद्भाव र भावना देखाउने चाड भएको बताउनुभयो । समाजमा निम्न वर्गकाहरुलाई एक दिनको पर्वले मानशिक रुपमा तनाव सिर्जना गर्ने भएकाले यसलाई सबैको पर्व बनाउनसक्नुपर्ने उहाँले बताउनुभयो ।

नेकपा संघिय संसदिय दलका सचेतक शान्ता चौधरीले तीज पर्व महिलाहरुको सुख दुख बाड्ने चाड भएकाले यसलाई सामाजीक मान्यता अनुशार नै मान्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य दामा शर्मा, केन्द्रिय सदस्य नारायणी शर्मा, दाङ क्षेत्र न. ३ का सांसद हिराचन्द्र के.सी, प्रदेशसभा सदस्य धमकली चौधरीलयालते बोल्नुभएको थियो ।

सो अवसरमा भएको तिज प्रतीयोगितामा बबई गाउँपालिकाको समूह प्रथम, तुल्सीपुर १ शान्ती टोलको समूह द्धितीय र तुलसीपुर १ रामनगरको समुह तृतिय स्थान हासील गरेका थिए भने दंगीशरण ६ को समुह र शान्तीनगर ७ को समूह सान्त्वना भएका थिए ।

उत्कृष्ट प्रतियोगीहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो । यस्तै कार्यक्रममा कलाकारहरु प्रेम विवश घर्ती र लक्ष्मी कार्कीले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।

कार्यक्रममा बाद्ध्यवादक तर्फ शोभाराम घर्ती मगर मादल, गगन पुन बासुरी र पोषण श्रेष्ठ हारमुनीयम बजाएर कलाकारलाई साथ दिएका थिए ।

अनेमसंघ कि दाङ जिल्ला कार्यदल सदस्य सिमा न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।

बबई गाउँपालिकाकि उपाध्यक्ष सावित्रा विश्वकर्माको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण नेकपा नेतृ एंव जनगायीका राधिका परियारले गर्नुभएको थियो ।

Facebook Comments