• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रोटोकल नमिलेपछि भारतीय बिदेशमन्त्री भेट्न गएनन् पूर्वप्रधानमन्त्री प्रचण्ड




भारतीय विदेशमन्त्री एस जयशंकर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट नगरी स्वदेश फर्किएका छन् । जयशंकरले बिहीबार बिहान ८ बजे नै प्रचण्डलाई भेटका लागि बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा बोलाएका थिए ।

प्रचण्डले प्रोटोकल नमिल्ने भन्दै जयशंकरलाई निवासमै भेट्न बोलाए । तर जयशंकर प्रचण्ड भेट्न उनको निवास खुमलटार नगई स्वदेश फर्किएका हुन् ।

पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र डा. बाबुराम भट्टराईले भने जयशंकरलाई होटलमै गएर भेटेका छन् । जयशंकरले देउवासँग १२ बजे र भट्टराईसँग १ बजे होटलमै भेट गरेका हुन् ।

नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन् जयशंकर बुधबार नेपाल आएका हुन् । उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरे । जयशंकर राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए भने प्रधानमन्त्रीलाई भेट्न बुधबार नै बालुवाटार पुगेका थिए ।

प्रचण्डसँगै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललेसमेत जयशंकरसँग होटलमा गएर भेट गरेनन् । उनलेसमेत जयशंकरलाई भेट गर्न निवासमै बोलाएका थिए ।

Facebook Comments