• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मनकारी स्वास्थ्यकर्मीले बचाए ज्यानः अचेत बालिकाको निःशुल्क उपचार




रुकुमपूर्व भूमे गाउँपालिकाका एक स्वास्थ्यकर्मीले अचेत बालिकाको निःशुल्क उपचार गर्नुभएको छ ।

भूमे १ रिचिबाङका ७ वर्षकी सुसिला बुढालाई स्वास्थ्यकर्मी तिलकबहादुर रोकाले आफ्नो मेडिकलबाट निःशुल्क उपचार गर्नु भएको हो ।

रोकाले भन्नुभयो, ‘उनका आमाले अचेत भएको अवस्थामा लिनुभयो त्यस लगतै मैले उपचार गरे त्यसपछि टाउकोमा बढी असर देखिएकोले थप उपचारको लागि विशेषज्ञ डाक्टर कहाँ चेकजाँच गर्नका लागि सल्लाह दिने क्रममा हामीसँग जाने गाडीभाडा तिर्ने रुपैयाँ नै छैन् उपचार त कसरी ? प्रश्न गरेर घर फर्काएर लग्छु आमाले सुनाएपछि मैले निःशुल्क उपचार गर्ने बताए र उपचार गर्दा होस आयो र बुधबार औषधी सहित घर फर्काएको छु ।’

पाँच दिन सम्म उपचार गर्दा ७ हजार रुपैयाँ बराबरको खर्च भएको र तीन/चार पछि घरमा गएर स्वास्थ्य अवस्था बुझ्न जाने रोकाले बताउनुभयो । त्यसपछि स्वास्थ्य अवस्था सुधार आएन भने आफूले नै अरु व्यक्तिबाट सहयोग जुटाइदिने जनाउनुभयो ।

शनिबार बिहान घरको बार्दलीमा खेलिराखेको बेला लडेर अचेत अवस्थामा पुग्यो बालिकाकी आमा बिनपुरा बुढाले जानकारी दिनुभयो । ‘त्यसपछि तीन घण्टा बोकेर मेडिकलमा लिए हामीसँग सामान्य उपचार गर्न रुपैयाँ नै छैनन् तर, हाम्रो अवस्था देखेर निःशुल्क उपचार गरेर मेरो मरेको छोरीलाई बचाइ दिनुभयो ।’ बालिकाकी आमा अपाङ्ग हुनुहुन्छ दाहिने हातको पन्जा छैन् ।

स्वास्थ्यकर्मी रोकाले वडा नम्बर २ काँक्रीको त्रिवेणी बजारमा विगत नौ÷दश वर्ष देखि मेडिकल सञ्चालन गरिराख्नु भएको छ । विकट गाउँ ठाउँ भएको कारणले रोकालाई आकस्मिक बिरामी परेका मान्छेले घरमै बोलाउनु हुन्छ ।

‘आफू पनि सामान्य घरपरिवारमै हुर्किएको सुनाउदै आकस्मिक बिरामी परेको घरपरिवारले बोलाउनु हुन्छ मेरो औषधीको मूल्यको रुपैयाँ मात्र लिनेगरेको छु ।’

Facebook Comments