• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सात घरपरिवारलाई गोठ निर्माणसहितको ४२ वटा बाख्रा हस्तान्तरण




रुकुमपूर्व भूमे गाउँपालिका वडा नम्बर २ खाबाङका सात घरपरिवारलाई गोठ र बाख्रा हस्तान्तरण गरिएको छ । एक अनौपचारिक कार्यक्रमका बिचमा सात घरपरिवारलाई गोठ सहितको लोकल सिनहाल प्रजातिका ४२ वटा बाख्रा हस्तान्तरण गरेको हो ।

युनाइटेड मिसन टू रुकुम क्लस्टर (युएमएन)को आर्थिक सहयोग र नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल)को प्राविधिक सहयोग रहेको छ ।

जलवायु अनुकूलन तथा ज्ञान व्यवस्थापन कार्यक्रम अन्तर्गतको गाउँ भेलाबाट विपन्न परिवार, महिला, पालने इच्छा तथा पर्याप्त तालिम लिइ बसेका व्यवसाय गर्ने इच्छुक व्यक्तिलाई छनौट गरी सात घरपरिवार प्रत्येकलाई गोठ र छ÷छ वटा बाख्रा हस्तान्तरण गरिएको मिक नेपालका अध्यक्ष भीउमान घर्तीले बताउनुभयो ।

‘प्रति घरपरिवारलाई छ/छ वटा बाख्रा हस्तान्तरणबाट फैलाइ आयआर्जन गरी परिवारको जिविको पार्जन गराउने उद्देश्य उक्त कार्यक्रम रहेको छ’ अध्यक्ष घर्तीले भन्नुभयो‐‘पालन गर्न सजिलो हुनुका साथै छोटो समयमा हुर्काइ बिक्री गराउनु र अहिले बजारमा बोका÷खसीको माग बढी राखेको हुनाले पूर्ति गर्नमा पनि टेवा पुग्ने छ ।’

गोठ एक महिना अघि नै व्यवस्थित ताना सहितको खरले छोइएको ४० वटा बाख्रा अटाउने क्षमताको निर्माण गरिएको छ । प्रत्येक गोठ निर्माणका लागि ५४ हजार रुपैयाँ र बाख्रा ५० हजार रुपैयाँका गरी एक घरलाई एक लाख ४ हजार रुपैयाँका अनुदान पाउनु भएको छ ।

लगानी गर्न हामीसँग रकम नै थिएन् आज संस्थाबाट गोठ सहितको बाख्रा पाएकोमा आफूहरु हर्षित भएको ज्योती बुढाले सुनाउनु हुँदै अब बाख्रा पालनको व्यवसायमा लाग्ने समेत प्रतिवद्धता जनाउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठ, वडा नम्बर २ का सदस्य जयकुमार पुन, (नेकपा) जिल्ला सदस्य नारायण पुन र गाउँपालिकाका पशु प्राविधिक भुपेन्द्र शाही लगायतको तर्फबाट बाख्रा हस्तान्तरण गरिएको थियो ।

Facebook Comments