• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यस्तो छ स्नातकपछि कुखुरा पालनमा जुटेका उद्यमी युवाको कथा




भरिलो, हँसिलो मुहार । खाइलाग्दो ज्यान । कलकलाउँदो जोवन । जोसजाँगरले भरिएको मन । शिष्ट,सरल स्वभाव । रुकुमपूर्वकोे भूमे गाउँपालिका–३, क्याङ्सीका विक्रम रोका मगरकोे हातमा छ, स्नातक पासको प्रमाणपत्र । दुई महिना कुखुरा पालनबाट नै मनग्य आम्दानी हुन लागेको सुनाउदै भन्नु हुन्छ, विदेशमा नेपाली युवा त्यतिकै परिराखेका छन् अलपत्र ।

उहाँले शिक्षा संकायमा स्नातकसम्मको पढाई पूरा गर्नुभएको छ । स्नातक पूरा गरेर पनि डिग्री तहको पहिलो वर्षको परीक्षा पनि दिनुभएको हो । तर, घरपरिवार तथा आर्थिक समस्याका कारणले डिग्रीको पहिलो वर्षको परीक्षा दिएर छोड्न बाध्य भएको रोकाले बताउनुहुन्छ । ‘त्यसपछि परिवार पालन पोषण गर्ने दायित्व जन थपिदै गयो’ उहाँले भन्नुभयो‐‘जागिर पाएन् २०७१ मा मलिसिया गएकोमा २०७५ सालसम्ममा बसे काम कम्पनीको गार्डमा, सुरुमा मासिक नेपाली २७ हजार थियो पछि बढेर ६५ हजार रुपैयाँ मासिक तलब भएको थियो ।’

उहाँ अहिले व्यावसायिक रुपमै गत जेठ महिनाबाट गाउँपालिकाको नजिकैमा रहेको आफ्नै जग्गा भएको ३ नम्बर वडा पर्ने सितचौर भन्ने स्थानमा कोइलर कुखुरा पालनबाट कृषि उत्पादनमा होमिनुभएको छ । ‘पाँच वर्ष विदेशमा बस्दा कमाइ राम्रो आफूले पाएता पनि अर्काको देशमा पसिना बगाएर त्यहाँको देशलाई फाइदा पुर्याइ राखेका छौँ भन्ने कुरा थाहा पाएकोले विदेशकै जस्तै परिश्रम गरियो भने यहाँ आफू आफ्नो घर परिवारसँगै व्यवसाय सञ्चालन गर्न सकिराखेएको छ भने यहाँ उत्पादन गर्नु नै सरकारको समृद्धिको लक्ष्यमा सहयोग पुर्याउनु हो ।’

अहिले ग्रामिण क्षेत्रबाट निर्यात गर्ने भन्दा आर्यात भइराखेको छ त्यसैले यहाँको जीवनस्तर माथि उठ्न नकिराखेको उहाँले बताउनु हुन्छ ।

अब देखि सबै कामधन्दा छाडेर कृषि कर्ममा लागेको छु । ‘कृषिमा रम्न पाउँदा औधी खुशी छु’ कुखुरालाई दाना हाल्दै, मन्द मुस्कुराउँदै उहाँले भन्नुभयो‐‘स्थानीय सरकारसँग अनुदान माग गरेर कुखुराका विभिन्न प्रजातिका पाल्ने सोचका साथ आवश्यक कामदार खटाएर मौरी र बाख्रा पालन गर्ने आगामी योजना राखेको छु ।’

दैनिक औसधमा १४/१५ वटा विक्री भइराखेकोमा पहिलो चरणकोमा ५ सय सात वटा मध्यका दुई सय जति बिक्री हुन बाँकी रहेको छ भने दोस्रो चरणकोमा ७ सय ८० वटा कोइलरका चल्ला हुर्किराखेका छन् ।

उहाँले पहिलो चरणका कुखुरा परिक्षणकाल रहेको हुनाले गाउँलेमुखी तौल नलिएर नजर अन्दाज गरेर साढे चार सय देखि छ सय रुपैयाँ सम्ममा बिक्री गर्नु भएको छ । जुन कुखुरा ३ देखि ५ किलोग्रामका रहेका थिए । पहिलो चरणमा राम्रो बिक्री भएको हुनाले अबको दोस्रो चरणका देखि तौल लिएर बिक्री गर्ने रोकाले बताउनुभयो । गोठ निर्माण, सामाग्री, चल्ला खरिद व्यवस्थापन गर्दा साढे २ लाख लागत लागेको छ । ‘दुई महिनामा कुखुरा बिक्रीबाट ९० हजार आम्दानी भएको छ’ उहाँले भन्नुभयो‐ ‘कृषि व्यवसायबाट राम्रो आम्दानी हुने अनुभव पाएको छु ।’

खाबाङ बजार क्षेत्र देखि करिव सात आठ सय मिटर ताधा एकान्त ठाउँमा आफू पनि खरको भूइतले गोठमा बस्दै कुखुराका लागि पनि खरको गोठ निर्माण गरेर पालिराख्नु भएको छ । मासु स्वस्थ्यकर र ताजा होस् भनि एकान्तमा पाल्नु भएको मात्र छैन् दाना पनि स्थानीय मकै, गहुँ र जौँ पिसेर दिइराख्नु भएको छ । खाबाङ आसपासका गाउँ तथा खाबाङ बजार क्षेत्रमा बिक्री भइराखेका छन् । माग आएको खण्डमा आफै बोकेर पनि गाउँगाउँमा पुर्याइराखिदिनु भएको छ ।

यसरी पढे लेखेकाले व्यवसाय सञ्चालन गरी देशमै बसी कृषिमा रमेको देख्दा गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले उक्त व्यवसायको खुलेरै प्रशंसा गर्नुभयो । पालिकाले भौतिक पूर्वाधार निर्माणका लागि माग आएमा अनुदान प्रदान गरिराखेको बताउँदै भन्नुभयो‐‘कृषि र पशु शाखाबाट पनि मागमा आधारित योजनाहरुलाई सम्बोधन गरिराखेका छन् ।’

उद्यमशीलताका लागि उहाँहरुले माग गर्न आएमा पालिकाले अनुदान दिने जानकारी दिनुभयो । अरु युवाले पनि सिको गरी देशकै माटोमा उद्यम गर्न सकेमा राम्रो हुने गरेलु तथा साना उद्योग महासंघ रुकुमपूर्वका तथर्त समितिका अध्यक्ष भीउमान घर्ती मगरले बताउनुभयो ।

Facebook Comments