• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा तीज गीत प्रतियोगिता हुने




तीजपर्वको अवसरमा भदौ १४ गते दाङको घोराहीमा गायन तथा नृत्यक्षेत्रका नवप्रतिभाहरुको प्रोत्साहन एवं विकासमा सहयोग पु¥याउने उद्देश्यले ‘बनाऔं नयाँ जीवन संस्कृति’ बोलमा तीजगीत प्रतियोगिता हुने भएको छ ।

पहल नेपाल र उत्सर्ग नेपालको आयोजनामा प्रतियोगिता हुने भएको हो ।

पत्रकार महासंघको सभाहलमा कार्यक्रम हुने उत्सर्ग नेपालका प्रबन्ध निर्देशक केएल बुढाथोकीले जानकारी दिनुभयो ।

यस प्रतियोगितामा गायन तथा नृत्य क्षेत्रका सबै उमेर समूहका नवप्रतिभाहरुले भाग लिन पाउनेछन् भने प्रतियोगीहरुले बनाऔं नयाँ जीवन संस्कृति बोलको गीतमा आफ्नो प्रस्तुती दिनु पर्नेछ । गायन विधाका प्रयोगीहरुले सो गीतको ट्रयाकमा गाउनुपर्ने बुढाथोकीले जानकारी दिनुभयो ।

यो गीत युट्युबमा Banau Naya Jiban Sanskriti टाइप गरी खोज्न सकिने पनि उहाँले जानकारी दिनुभयो । विहान ११ बजेदेखि कार्यक्रम शुरु हुने छ ।

#सम्पर्क
केएल बुढाथोकी (9857832098)
रिचा बुढाथोकी (9809535512)
समीर डिजे (9847841246)
भूमिका अबिरल (9808760326)
पूरै गीत सुन्न यहाँ क्लिक गर्नुहोस्

Facebook Comments