• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपाको संगठन विभागमा दुबै हक्की नेता




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शक्तिशाली विभाग संगठन विभाग प्रमुखमा बामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मा चयन हुनुभएको छ ।

आज बसेको सचिवालयको बैठकले उहाँहरुलाइ चयन गरेको हो ।

गौतमलाई उपाध्यक्षको समेत जिम्मेवारी दिने अघि प्रस्ताव अघि बढाइएको छ ।

दुबै नेता पार्टीमा हक्की नेताको रुपमा चिनिनुहुन्छ । दुबै जना हाल सरकारी जिम्मेवारीमा हुनुहुन्न ।

गौतम सांसदसमेत हुनुहुन्न भने शर्मा रुकुमबाट प्रतिनिधिसभा सदस्य भए पनि मन्त्री पदमा हुनुहुन्न ।

दुबै नेता नेकपामा एकताको सूत्रधार पनि मानिनुहुन्छ ।

एकता भएको लामो समयसम्म पनि पूर्णता नपाएको र स्थानीयस्तरमा कार्यकर्ताहरुले महसुस गर्न नपाइरहेको बेला सरकारी जिम्मेवारीमा नरहेकाले नेताहरुलाई दौडधूप गर्न सजिलो होस् भने संगठन विभागको जिम्मेवारी दिइएको एक नेताले बताए ।

Facebook Comments