• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लव नेकपाका चार कार्यकर्ताले प्रशासनमै गरे आत्मसर्मणको घोषणा




नेत्रविक्रम चन्द विप्लव समूहको नेकपा रुकुमपूर्व भूमे गाउँपालिकाका सेक्रेटरी सहित ४ जनाले आज जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका छन् ।

विप्लव समूहका भूमे गाउँपालिका पार्टी कमिटीका सेक्रेटरी थबाङ गाउँपालिकाका २५ वर्षीय बालकुमार बुढासहित ३ जनाले स्वेच्छापूर्वक प्रशासनमा नेपालको संविधान र प्रचलित कानूनलाई पूर्ण पालना गरी आत्मसमर्पण गरेको प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आत्मसमर्पण गर्नेहरुमा भूमे गाउँपालिका ६ महतका ३० वर्षीय वरकुमार बुढा, सोही वडाकैका १९ वर्षीय विनोद छिनाल र २४ वर्षीय महेश सुनार रहेका छन् ।

विगत दिनमा उक्त पार्टीमा सक्रिया संग्लन रहेको बताउदै आगामी दिनमा उक्त पार्टीको गतिविधिमा संग्लन नहुने जानकारी सहितको प्रशासनमा आत्मसमर्पण गरेको बालकुमार बुढाले बताउनुभयो । बुढाले भन्नुभयो, कसैको करकाप र धम्कीले यो समर्पण गरिएको होइन् यस पार्टीको राजनीति ठीक नलागेको भन्दै आफूहरु ४ जनाले स्वेच्छाले आत्मा समर्पण गरेका हौँ ।

आगामी दिनमा उक्त पार्टीमा संग्लन भएमा नेपालको संविधान र प्रचलित कानून बमोजिम कारवाही भोग्ने प्रतिवद्धता सहितको सहमति जनाएका हुन् ।

प्रशासनले कुनै पनि उहाँहरुलाई खोजतलास गरेका थिइनौँ प्रशासनमा स्वेच्छाले समर्पण गरेका हुन् प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । आगामी दिनमा समाजमा कुनै पनि सामाजिक अराजकतामा संग्लन नहुन प्रजिअ शर्माले उहाँहरुलाई सुझाव दिनुभयो । आगामी दिनमा नेपालको संविधान बमोजिम विकास निर्माणमा सरकारलाई साथ र सहयोग गर्नमा शर्माले आह्वान गर्नुभयो ।

उहाँहरुले प्रशासनमा आत्मा समर्पण गरेकाले प्रशासनले विभिन्न राजनीति दलका प्रतिनिधि, जनप्रतिनिधि लगायत जिल्लाका प्रमुख सरोकारवालाहरुको रोहबरमा प्रशासनले छोडेको छ । यस अघि जिल्ला सेक्रेटरी सहित ६ जनालाई जिल्ला प्रहरीले पक्राउ गरी अनुसन्धान गरिराखेको छ ।

Facebook Comments