• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपाको उपाध्यक्षमा गौतम, स्कूल विभाग प्रमुखमा पोख्रेल




सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नयाँ पद सिर्जना गर्दै उपाध्यक्षमा बामदेव गौतमलाई चयन गरेको छ ।

शुक्रबार दिउँसो प्रधानमन्त्री निवासमा बसेको नेकपा केन्द्रीय सचिवालयको गौतमलाई उपाध्यक्ष चयन गरेको हो।

नेकपाका महासचिव विष्णु पौडेलले उपाध्यक्षमा गौतमलाई चयन गरी अनुमोदनका लागि स्थायी कमिटीमा पठाउने निर्णय भएको बताउनुभयो । उहाँलाई संगठन विभागको जिम्मेवारी पनि दिइएको छ ।

त्यस्तै बैठकले इश्वर पोख्रेललाई स्कूल विभाग प्रमुख बनाएको छ । यही पदमा विवाद हुँदा लामो समयदेखि सचिवालय बैठक निष्कर्षमा पुग्न सकेको थिएन ।

बैठकले बरिष्ठ नेता माधवकुमार नेपाललाई बिदेश बिभागको नेतृत्व दिएको छ । सो बिभागको उपप्रमुखमा राम कार्की रहनुभएको छ । यसैगरी निति तथा अध्ययन प्रतिष्ठान प्रमुखमा झलनाथ खनाल, र प्रचार बिभाग प्रमुखको जिम्मेवारी प्रवक्ता नारायणकाजी श्रेष्ठले पाउनुभएको छ । यसैगरी अर्थ तथा योजना बिभाग प्रमुखमा सुरेन्द्र पाण्डे र उपप्रमुखमा डोरप्रसाद उपाध्यायलाई जिम्मेवारी दिइएको छ ।

आजको बैठकले ३२ ओटा बिभाग र निति अध्ययन प्रतिष्ठानको टुंगो लगाएको हो । बैठकले सातवटै प्रदेशमा दुई दुई जना सहइञ्चार्ज थप गरेको छ । जसअनुसार प्रदेश १ मा शेरधन राई र नरेश खरेल, प्रदेश २ नागेन्द्र चौधरी र महेन्द्र पावान, प्रदेश ३ मा काशीनाथ अधिकारी र हितमान शाक्य सहइञ्चार्ज हुनुभएको छ । यस्तै गण्डकी प्रदेशमा किरण गुरुङ र यसोदा सुवेदी गुरुङ, प्रदेश ५ मा बैजनाथ चौधरी, कुलबहादुर केसी, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र प्रकाश तथा सुदुरपश्चिम प्रदेशमा भानुभक्त जैसी, लेखराज भट्टलाई सहइञ्चार्ज बनाइएको छ ।

बैठकपछि प्रवक्ता श्रेष्ठले जनसंगठन इञ्चार्ज, सहइञ्चार्ज, अरुको निर्णय गर्न बाँकी रहेको बताउनु भयो । उहाँका अनुसार जनसंगठनको इञ्चार्जसँगै बिशेष प्रदेश कमिटी, प्रवास संगठनको निर्णय गर्न बाँकी छ । बाँकी कामको टुंगो लगाउन भोलि ४ बजे सचिवालय बैठक बोलाइएको छ ।

Facebook Comments