रबि लामिछानेलाई पाँच दिन थुनामा राख्न आदेश

प्रकाशित मिति :  ३१ श्रावण २०७६, शुक्रबार

सिस्ने अनलाइन

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका ‘सिधाकुरा जनता’सँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न चितवन जिल्ला अदालतलले म्याद दिएको छ।

अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले तीनजनाका हकमा दुरुत्साहन मुद्दा प्रक्रिया अघि बढेको बताए। उनले पहिलो पटकलाई ५ दिन म्याद दिएको बताए।

प्रहरीले शुक्रबार रवि सहित युवराज कँडेल र अस्मिता कार्कीलाइ अदालतमा पेश गरेकाे थियाे। न्यायाधीश बिनाेदकुमार गाैतमकाे इजलासले प्रहरीलाइ अनुसन्धान म्याद दिएकाे हाे।

यो पनि पढ्नुहोस्
रबि लामिछाने पक्राउः सम्पत्ति शुद्धिकरणमा पनि अनुसन्धान हुने

Facebook Comments