• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रबि लामिछाने पक्राउः सम्पत्ति शुद्धिकरणमा पनि अनुसन्धान हुने




प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । केही दिनअघि चितवनमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले लामिछाने र कँडेललाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका डीआईजी शैलेश थापा क्षेत्रीका अनुसार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनको अनुरोधमा पक्राउ गरिएको हो। उनीहरूलाई आजे चिवतन पठाउने तयारी गरिएको छ।

पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा न्युज२४ टेलिभिजनको कार्यक्रम ‘सिधाकुरा जनतासँग’ सञ्चालक रवि लामिछाने र युवराज कँडेलसँगै अस्मिता कार्की अनुसन्धान घेरामा थिए। कार्कीलाई दिउँसै प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

मृत्युअघि पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियोमा ‘सिधाकुरा जनतासँग’का दुई सञ्चारकर्मीसहित ती युवतीले आफूलाई आत्महत्याका लागि विवश बनाएको उल्लेख गरेका छन्। यो विषयमा चितवन प्रहरीले अनुसन्धान गरिरहेको छ।

पत्रकार पुडासैनीले साउन २० मा चितवनको होटल कंगारूमा आत्महत्या गरेका थिए। घटना अनुसन्धान चितवन प्रहरीले नै गरिरहेको छ।

मर्नुअघि उनले रेकर्ड गरेको भिडियोमा सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफू आत्महत्याको अवस्थामा पुगेको उल्लेख गरेका छन्।

२०७६ भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताअनुसार आत्महत्या गर्न ‘दुरुत्साहन’ गर्ने व्यक्ति पनि कसुरदार ठहरिन्छ।

पत्रकार शालिकराम पुडासैनी २०७६ साउन २० गते चितवनको होटल कंगारुको कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए। उनले आत्महत्या गर्नु अघि रुँदै आफैंले मोबाइलमा दुई वटा भिडियो बनाएका थिए।

भिडियोमा करिब १० मिनेटभन्दा बढी उनले आफ्नो मृत्युको कारणबारे खुलाएका छन्। उनले रुँदै भिडियोमा श्रीमती सम्झना र आमाबुवासँग माफी मागेका छन्।

चितवन प्रहरीले बरामद गरेका ती भिडियो प्राविधिक परिक्षणका लागि प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याब पठाइएको थियो। मोबाइल तथा भिडियो प्रमाणित भएसँगै रवि पक्राउ गरेको हो।

प्रहरीकाअनुसार मोबाइल फोन र उक्त फोनमा रहेका अडियो, भिडियो फरेन्सिक ल्याबबाट परीक्षण भएसँगै उनीहरूलाइ पक्राउ गरिएको हो। भिडियोको वास्तविकता, अडियो ट्रिक्स गरी भोइस ओभर गरेको कि विस्तृत विवरणसहितको प्रतिवेदन बिहीबार दिउँसो चितवन पुगेको थियो।

प्रतिवेदनको निष्कर्षका अधारमा प्रहरीले रवि लामिछानेलाइ पक्राउ गरेको हो।

रबि लामिछानेलाई पत्रकार आत्महत्यासँगै अन्य मुद्दामा पनि छानवीन हुने छ । विभिन्न ठेक्कापट्टामा ठूलो धनराशी बटुलेको आरोप लागेका लामिछानेलाई सम्पत्ति छानवीन मुद्दामा पनि छानवीन हुनेछ ।

रबिमाथि हुण्डी कारोबारीको पनि आरोप छ ।

Facebook Comments