• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुममा नयाँ शक्ति र फोरमको एकीकरण हुँदै




नयाँ शक्ति पार्टी नेपाल र संघिय समाजवादी फोरम नेपाल जिल्ला समन्वय समिति रुकुमपश्चिमको पार्टी एकीकरण तथा समायोजन कार्यक्रम श्रावण ३२ गते सदरमुकाम खलंगामा हुने भएको छ ।

बैशाख २३ गते नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबिच काठमाण्डौमा पार्टी एकताको घोषणा भएपश्चात आषाढ २४÷२५ गते कर्णाली प्रदेशको पार्टी एकीकरण तथा समायोजन कार्यक्रम भएको थियो ।

श्रावण ३२ गते सदरमुकाम खलंगामा हुँने दुवै पार्टीको संयुक्त भेलाले अध्यक्ष–१,उपाध्यक्ष–३,सचिव–१,सह–सचिव–१ र कोर्षाध्यक्ष–१ सहित ३१ सदस्यीय जिल्ला समन्वय समिति समिति गठ्न गर्ने छ ।

सो कार्यक्रममा अतिथिको रुपमा समाजवादी पार्टी,नेपालका केन्द्रिय सदस्य शरुण वाँठामगर लगाएतका नेताहरुको उपस्थिती हुँने छ ।

सो पार्टी एकिकरण तथा समायोजन कार्यक्रममा उपस्थित भईदिनुहुँन पार्टीका सम्पुर्ण जिल्ला समन्वय समितिका सदस्यहरु,गा।पा। र नगरपालिकाका पदाअधिकारीहरु समेतलाई उपस्थित भईदिन एकीकरण तथा समायोजन कार्यदलका संयोजक अमर ओलीले जानकारी दिनुभयो ।

Facebook Comments