• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हिमाली दूध घीउले बजार पाएन, खाएर बचेको कुकुरलाई दिनुपर्ने बाध्यता




भौगोलिक बनोटमा निकै मिलेको छ प्रदेश नम्बर पाँच । तराइको मर्चवारदेखि हिमालको मैकोटसम्म यही प्रदेशमा पर्दछ । हिमाली क्षेत्र बहुमूल्य जडीबुटी र अर्गानिक कृषि उत्पादनका लागि निकै महत्वपूर्ण मानिन्छ तर अहिलेसम्म यसको आवश्यक परीक्षण र बजारीकरण हुन सकिरहेको छैन ।

प्रदेश ५ को एक मात्र हिमाली जिल्ला रुकुमपूर्वका खर्कहरुमा यतिबेला गोठालाहरुको लाम छ । उनीहरुले यार्सागुम्बाजस्तो बहुमूल्य जडीबुटी उत्पादन हुने बुकी पाटनमा गाइभैसी र भेडाबाख्रा चराउने गर्दछन् । जसबाट नेपालमा मात्रै होइन, विश्वमै उत्कृष्ट अर्गानिक दूग्धजन्य पदार्थ उत्पादन गर्ने संभावना रहे पनि अहिलेसम्म त्यसको कुनै परीक्षण हुन सकिरहेको छैन ।

‘यार्सागुम्बाजस्ता जडीबुटी उत्पादन हुने बुकी पाटनमा हामी गाइभैसी चराउँछौं’– भूमे गाउँपालिका २ का जोगबहादुर बुढा भन्नुहुन्छ– ‘तर, हामीले उत्पादन गर्ने दूध घीउ सामान्य गाउँले मूल्यमा नै बिक्री गरिरहेका छौं ।’ त्यो पनि यातायातको अभावमा बिक्री हुँदैन ।

कोही लेकमै आएका व्यक्तिले किन्न खोजेमा तीस रुपैयाँ मानाको दरले दूध बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । यति महत्वपूर्ण उत्पादन निकै सस्तोमा बिक्री भइरहेको छ । ‘घिउ र महको मूल्य एउटै छ’– बुढाले भन्नुभयो– ‘दूध पानाको तीस रुपयाँ छ भने घीउ प्रतिकेजी ६ सय मा बिक्री हुने गरेको छ ।’ मान्छेको आवागमन कम हुने बुकी पाटनमा दूध दही कुकुरलाई दिने वा त्यसै फाल्ने गरिएको पनि स्थानीयको भनाइ छ ।

यो हिमाली क्षेत्रमा स्थानीय गाइ पनि प्रशस्त पाल्ने गरिएको छ तर गाइको दूध र गहुँतको परीक्षण अहिलेसम्म गरिएको छैन । स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने यसअघि नै वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको छ । रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट पत्ता लगाएका थिए ।

त्यसो त सन् २०१२ मा अमेरिकन हर्ट एशोसिएशनले स्थानीय गाईको दही सेवन गर्नाले उच्च रक्तचापका रोगीमा ३१ प्रतिशतले कमी आएको तथ्य सार्वजनिक गरेको थियो । तर, यहाँका स्थानीयले भने यससम्बन्धी कुनै जानकारी नभएको बताएका छन् । ‘हिमाली क्षेत्रमा जडीबुटी खाएर हुर्केका गाइभैसीले दिने दूध र गाइको गहुँतको बारेमा यहाँ केही पनि थाहा छैन’– रुकुमपूर्व भूमे २ का बुढाले भन्नुभयो– ‘यति महत्वपूर्ण हुने भए अब केन्द्र सरकारले नै यसको परीक्षण गर्दा राम्रो हुने थियो ।

अमेरिकाले गाईको गहुँतमा शोध गरी गोमूत्रबाट बन्ने पाँचवटा औषधिको ‘पेटेन्ट राइट’ लिइसकेको छ भने भारतले पनि गाईको गोबरमा अनुसन्धान गरी ४८ वटा औषधिको ‘पेटेन्ट राइट’ लिएको छ । तर, बहुमूल्य जडीबुटी खाएर हुर्केका नेपालको हिमाली क्षेत्रका गाइवस्तुको दूध र गहुँतको अध्ययन हुन सकेको छैन ।

Facebook Comments