• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
त्रिविमा मानविकीको सबै कार्यक्रम अब चार बर्षे




त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकायको सबै विषयको पाठ्यक्रम यसै वर्षदेखि चारवर्षे बनाउने निर्णय गरेको छ । मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रा.डा. शिवलाल भुसालले आइतबार बसेको फ्याकल्टी बोर्ड बैठकले बिए चारवर्षे बनाउने निर्णय गरेको बताए ।

कार्यक्रम कार्यान्वयनका लागि बाटो खुले पनि बोर्डको निर्णयलाई प्राज्ञिक परिषद्ले अनुमोदन गर्नुपर्नेछ ।

स्नातक तहमा मानविकी संकायमा ३६ वटा कार्यक्रम लागू भएको छ । यस वर्षदेखि कार्यान्वयन हुने अधिकांश विषय समितिले पहिलो वर्षको पाठ्यक्रम डिन कार्यालयमा पठाइसकेका छन् ।

विद्यार्थी संख्या अत्यन्तै न्यून भएका केही विषयको पाठ्यक्रम आउन बाँकी रहेको डिन भुसालले बताए । ती विषयको समेत फ्रेमवर्क आइसकेको र विस्तृत छिटै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको बताए ।

राष्ट्रिय परीक्षा बोर्डले केही दिनअघि कक्षा १२ को सबै विषयको नतिजा सार्वजनिक गरिसकेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
अहिलेसम्म चारवर्षे बिएको कोर्स तयार गरी आधिकारिक निर्णय नहुँदा र विद्यार्थी भर्नाका लागि परामर्श लिन आउन थालेपछि कलेजका पदाधिकारी अन्योलमा थिए ।

भुसालले मानविकीको स्नातक तहको कोर्सलाई समयसापेक्ष र व्यावहारिक बनाउने प्रयास भएको बताए ।

मानविकीका विषयमा समानतासमेत ल्याउने प्रयास भएको बताए । अहिले प्रयोगात्मक हुने सबै विषयमा ३० नम्बरको प्रयोगात्मक र ७० नम्बरको सैद्धान्तिकको भार राखेको उनले बताए ।

Facebook Comments