• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भूमेमा हरियाली पूजा, हरियाली क्लबको आयोजनामा खेलकूद पनि




रुकुमपूर्व भूमे गाउँपालिकामा वडा नम्बर ३ सीमामा विविध खेलकूद प्रतियोगीता सञ्चालन भएको छ । गाउँस्तरिय पुरुष तथा महिला भलिबल दोहोरी, नृत्य र घैँटाफोड प्रतियोगीता हरियाली जन युवा क्लब सीमाले आयोजना गरेको हो ।

परापूर्व काल देखि सीमाबासीले हरियाली पूजासँगै हरियाली मेला मान्दैै आइरहेकोमा क्लबको १४ औँ वार्षिक उत्सवको अवसरमा विविध खेलकूद प्रतियोगीता सञ्चालन गरेको छ । हरियाली पूजा तथा हरियाली मेलाबाट नै क्लव स्थापना गरिएको भूतपूर्व क्लवका अध्यक्ष रविन्द्र पुनले बताउनुभयो ।

‘त्यसैअनुसार क्लवको नाम नामाकरण र स्थापना गरिएको हो’ पुनले भन्नुभयो, ‘हरियाली पूजा एक जनविश्वासमा आधारित पूजा रहेकोले यसलाई बचाउनुको लागि पूजासँगै सबैको भेटघाटको अवसरमा क्लव स्थापना भए देखि हरेक वर्ष प्रतियोेगीता आयोजना गर्ने गरिएको छ ।’

खेलकूदको ५ नम्बर प्रदेश संसद् तथा भौतिक पूर्वाधार विकास समितिका सभापती आशा स्वर्णकारले आइतबार उद्घाटन गर्नुभयो । युवाको सर्वागीण विकासमा खेलकूद महत्वपूर्ण भूमिका रहने बताउनुभयो । ‘विकास निर्माणमा युवाहरुको अहम भूमिका हुने गरेकोमा युवाको चौतर्फी विकासका लागि आफू र प्रदेश सरकार सकारात्मक रहेको छ’ स्वर्णकारले भन्नुभयो, ‘खेलकूद क्षेत्रका लागि आवश्यक पूर्वाधार तथा खेलकूद विकासका लागि पहल गर्ने र समग्र विकासका लागि प्रदेश सरकारले भौतिक पूर्वाधारसँगै कृषि उत्पादन र प्रशोधन गर्ने योजनाहरुमा आवश्यक बजेट विनियोजन गरेर काम गरिराखेको छ ।’

सिमाबासीले संसद् स्वर्णकार समक्ष सिढी निर्माण, कृषिका लागि आवश्यक सामाग्री तथा बीउबिजन उत्पादन पकेट क्षेत्रको विस्तार, विद्युत्को नहर पक्की, मावि सीमामा छात्राबास निर्माण लगायत भौतिक पूर्वाधार विकासका लागि ज्ञापन पत्र बुझाएका हुन् ।

परापूर्व समय देखि पहाडी तथा लोकल धान उत्पादन गर्दै आएका सीमा गाउँका बासीन्दा रहेका छन् । जिल्लामा पहिला अरु गाउँका बासिन्दाले पनि लगाउने गरेका थिए । तर अहिले यस आसपासका क्षेत्रका गाउँले धान लगाउन छोडेका छन् । सीमा गाउँको तल सीमा खेत भन्नेमा समथर लगभग ५ साढे ५ बिघा जग्गा रहेको छ । उक्त खेतमा सीमा गाउँमा १ सय ८० घरधुरी रहेका सबैको जग्गा रहेको छ ।

प्रत्येक वर्ष साउनको १५ देखि २० गते भित्र पर्ने आइतबारको दिनमा सीमा बासीले आ–आफ्नो खेतमा हरियाली पूजा गर्ने गरेको स्थानीय शिव सुनारले बताउनुभयो ।

असार महिना भित्र धान रोपि सकेका हुन्छन । साउन महिलामा धान हुर्किदै गरेको समथर खेतमा मनै लोभ्याउने हरियाली छाएको हुन्छ । गहुँको पिठोबाट सूर्य, जून, सर्प, चराचुरुङ्गी, मुसा, बिरालो त्यसैगरी भ्यागुतो लगायतको आकृति गरेर कुखुराको बलीसँगै प्रत्येक घरले आ–आफ्नो खेतमा हरियाली पूजा गर्ने गरेको सुनारले जानकारी गराउनुभयो ।

आइतबार किराका बार भएको मान्दछौँ’ सुनारले भन्नुभयो, ‘धानको सुरक्षा प्रदान होस् र बर्खायाममा काम गर्दा सर्प तथा विषालु किरामिराले नडसुन भनेर तिनीहरुलाई पूज्यर हरियाली पूजा गर्दछाँै ।’ पूजाको अन्त्यमा बिरालो र मुसा बाहेकका आकृतिलाई पूज्यर धान खाने मुसालाई बिरालोले खायो भनेर मुसालाई मार्ने र बिरालोलाई अरु मुसा पनि मारोस् भनि छोड्ने गर्दछन् ।

पूजा सकेपछि हरियाली मेला लाग्ने गरेको छ । पहिला–पहिला तीन दिन सम्ममा नाँचगान गरेर मनाउने गरेकोमा अहिले क्लवले खेलकूद आयोजना गरेर मनाउने गरेका छन् । खेतमा परापूर्व देखिको लगाउदै आएको धान भत्ते र रातो धान लगाउने गरेका छन् । उक्त धान अरु ठाउँ तिर पाउदैन् र समथर चौर भएको खेतमा लोकल धान उत्पादन हुने सीमा गाउँको पहिचान रहेको छ ।

Facebook Comments