• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भूमेको कार्यपालिका बैठकः २६ जना शिक्षक, पत्रकार र कर्मचारीलाई सम्मान गरिने




रुकुमपूर्व भूमे गाउँपालिकाले पालिकाको विकासमा विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने २६ जनालाई सम्मान गर्न थालेको छ ।

पालिकाको सोमवार बसेको कार्यपालिका बैठकले पालिकालाई शिक्षा, भाषा, संस्कृति संरक्षण र सरकारी सेवा प्रवाह क्षेत्रमा योगदान पु¥याएकालाई आर्थिक वर्ष २०७५०७६ को सम्मान कार्यक्रमअन्तर्गत सम्मान गर्ने निर्णय गरेको अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो ।

कदरपत्र सहित प्रतिव्यक्ति ५/५ हजार रुपैयाँले सम्मान गर्ने निर्णय गरिएको जानकारी उहाँले दिनुभयो । विद्यालय तथा शिक्षा क्षेत्रमा १० जना शिक्षक, भाषा, संस्कृति संरक्षण तथा पत्रकारिता क्षेत्रका १२ जना पत्रकार र सेवा प्रवाह राष्ट्र सेवक कर्मचारी ४ जना गरी २६ जनालाई सम्मान गर्न थालिएको हो ।

सम्मानित हुनेहरुमा नयाँ युगबोध दैनिकका सहसम्पादक तथा भूमे मासिकका सम्पादक नरेन्द्र केसी, नयाँ युगबोध दैनिकका फोटो पत्रकार कुलदीप न्यौपाने, कान्तिपुर दैनिकका हरि गौतम, आहा सञ्चारका सम्पादक मेगराज खड्का, नयाँ पत्रिका तथा रेडियो सानीभेरीका मनिष खड्का, कान्तिपुर टेलिभिजनका महेश गौतम, गोरखापत्रका सुरेन्द्र खत्री गोरखापत्र, भूमे मासिकका बिशेष संवाददाता जयमान बुढा मगर राससकी सर्जना कार्की, फोटो पत्रकार, सुरेन्द्र राना, नेपाल टेलिभिजनका धनबीर दाहाल र नागरिक दैनिकका लोकेन्द्र खनाल रहनुभएको छ ।

त्यस्तै शिक्षकहरु आधारभूत विद्यालय दूवाचौर चुनवाङका मानबहादुर विष्ट, त्रिवेणी मावि काँक्रीका मदन शर्मा, आवि खाबाङका गोर्वधन बुढा, मावि चुनबाङका कमानसिङ विष्ट, मावि काँडाका प्रेमबहादुर बुढा, आवि क्याङ्सीका डम्बरकुमार नेपाली, मावि महतका गंगा बुढाथोकी, मावि काँडाका प्रेमबहादुर सुनार, मावि सीमाका झुलप्रसाद गुरुङ र मावि चुनबाङका शेरबहादुर खड्कालाई सम्मान गर्ने निर्णय पालिकाले गरेको छ ।

त्यस्तै राष्ट्रसेवक कर्मचारीतर्फ कृषि प्राविधिक सहायक खिमबहादुर रोकाय, शिक्षा युवा तथा खेलकूद शाखाका प्रमुख डायमण्ड पुन, लेखापाल देवीराम थापा र नायब सुब्बा मस्तबहादुर रोकालाई सम्मान गर्न थालिएको छ । गाउँपालिकामा योगदान पु¥याएको व्यक्तिलाई छनोट गरिएकोमा आगामी वर्षमा पनि निरन्तर सम्मान तथा पुरस्कृत कार्यक्रम गरिराख्ने गाउँपालिकाले जनाएको छ ।

Facebook Comments