• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहिद कृष्णसेन बहुप्राबिधिक शिक्षालयमा तीन कार्यक्रम थपिए, अब छ बिधामा पठनपाठन हुने




घोराही १७ स्थित सहिद कृष्णसेन इच्छुक नमूना बहुप्राबिधिक शिक्षालयले यो बर्षदेखि नयाँ तीन बिषयमा अध्यापन गर्ने अनुमति पाएको छ ।

प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)को बैठकले डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन आर्किटेक्ट इञ्जिनियरिङ र बाली विज्ञान (आइएस्सी एजी)मा अध्यापन अनुमति दिएको हो ।

शिक्षामन्त्री एवं परिषद्का अध्यक्ष गिरिराजमणि पोख्रेलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

त्यस्तै स्वास्थ्यका अन्य कार्यक्रम ल्याव, एचए र स्टाफ नर्स पढाइका लागि आवश्यक प्रक्रिया शुरु गर्ने निर्णय शिक्षामन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतमले जानकारी दिनुभयो ।

सहिद कृष्णसेन इच्छुक नमूना बहुप्राबिधिक शिक्षालयमा अहिले वन विज्ञान र डिप्लोमा इन फूड एण्ड डेरीको पढाइ भइरहेको छ भने डिप्लोमा इन होटल म्यानेजमेन्टको पनि पढाइ शुरु हुने छ ।

कृषि र फूड एण्ड डेरीलाई यो बर्षदेखि उत्पादनसँग जोड्ने कार्यक्रम पनि तय गरिने कलेजले जनाएको छ ।

Facebook Comments