• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा १५३ नाल अवैध हतियार संकलन




रुकुमपूर्व जिल्ला प्रहरी कार्यालयमा तेस्रोपटक बयालीस थान घरेलु अबैध हतियार सार्वजनिक गरेको छ ।

जसमा पुथाउत्तरगंगा गाउपालिकाका अधिकांश हतियार रहेका छन् । पुथाउत्तरगंगाका दुईवटा प्रहरी चौकी र दुइवटा इलाका प्रहरी कार्यालयको सहयोगमा हतियार संकलन गरिएको हो ।

इलाका प्रहरी कार्यालय रन्मामैकोट, इलाका प्रहरी कार्यालय तकसेरा, प्रहरी चौकी जाङ र प्रहरी चौकी हुकामबाट अबैध घरेलु हतियार संलन भएको रुकुमपूर्व जिल्ला प्रहरी कार्यालयका प्रमुख योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय रन्मामैकोटबाट तेह्र नाल, इलाका प्रहरी कार्यालय तकसेराबाट तीन नाल, प्रहरी चौकी जाङबाट सात नाल र प्रहरी चौकी हुकामबाट उन्नाइस नाल गरी जम्मा बयालिस नाल अबैध हतियार संक्लन गरिएको प्रहरीले जनाएको छ । यसपटक पुथाउत्तरगंगा १२ र १४ नम्बर वडाबाहेक अरु सबै वडाबाट हतियार संकलन भएको हो ।

रुकुमपूर्व जिल्ला प्रशासनले २०७५ मङ्सिर १२ गते ५५ थान हतियार सार्वजनिक गरेको थियो ।

जिल्ला प्रशाशन र जिल्ला प्रहरीद्वारा दोस्रोपटक २०७६ बैशाख ८ गते ५६ नाल हतियार सार्वजनिक गरिएको थियो भने तेस्रोपटक ४२ थान हतियार सङ्कलन भएको रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारि दिनुभयो ।

अहिलेसम्मकै एक सय त्रिपन्न थान हतियार जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वमा सुरक्षित साथ रहेको प्रजिअ मित्रलाल शर्माले बताउनुभएको छ ।

Facebook Comments