• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मनोरम स्थल पाथिहाल्ने थप सुन्दर बन्दैः सुविधासम्पन्न होटलले थप्यो रौनक




वरिपरी रंगिविरंगी ढकमक्क फूल । चारैतिर मडारिएको कुहिरो । चिसोचिसो हावापानी मनै हरर । मध्यपहाडी लोकमार्गमा मोटर सरर । रुट पिचको लागि धमाधम काम । चरी चिरिबिरी, गोठालाको सुरिलो बाँसुरीको धुनमा गाईभैँसी तथा भेडाबाख्रा हरियालीमा चर्दै सराबरी । पशुचौपायलाई घाँस खुवाउनुका लागि उक्लिएका पातीहाल्ने तथा लुकुम्यायल बुकी पाटन ।

गोठालाका छपकै प्लास्टिकका चिटिक्क वासस्थान । विभिन्न पाटन तथा रुकुमपूर्व, बाग्लुङ र रोल्पा जिल्लाका अग्ला पहाड देखिने । उक्त ठाउँबाट निरन्तर बगिरहने चिसो लुकुमखोलाको मूल । बुकी पाटनमै मनोरम रुकुमपूर्व र बाग्लुङको सीमाना पातीहाल्ने ठाउँ । पातीहाल्ने ठाउँमै सुविधा सम्पन्न होटल । मनोरम ठाउँ र राजदानी काठमाण्डाँै जाने रुट भएको हुनाले प्रतिदिन मान्छेको आगमन संख्या बढै रहेको छ ।

समुन्द्रको सतह देखि ३ हजार १ सय मिटर उचाईमा रहेको पातीहाल्नेमा तिलाचन माउण्टेन गेष्ट हाउस एण्ड रेष्टुरेष्ट सञ्चालन गरिएको छ । थबाङ गाउँपालिका ४ उवा, रोल्पाका किस्मत घर्ती मगरले गत जेठ १५ गतेबाट रुकुमपूर्व र बाग्लुङ सीमानामा पर्ने पातीहाल्नेमा बाग्लुङ जिल्लाको भागमा पर्ने क्षेत्रमा होटल सञ्चालन गरिराख्नु भएको हो ।

बाथरुम, शैचालय सहितको सात कोठे जस्तापाताले निर्माण गरीएको भवन हिउँदमा हिउँ र वर्षायाममा पनि अत्यादिक चिसो हुने भएकोले झ्याल सिसाको राखिएको छ । १० लाख रकम भन्दा बढि खर्चमा निर्माण कार्यमा लागेको घर्तीले बताउनुभयो । ‘वार्षिक ७ हजार रकममा जमिनको भाडा तिर्नु पर्ने छ’ उहाँले भन्नुभयो, ‘दैनिक औसतमा ४, ५ हजार रकम कमाई भइराखेको छ ।’

एक पटक यस रुटमा यात्रा गरेको थिए र यहाँ होटल व्यवसाय चल्ने सम्भावना देखे र उक्त सम्भावनाको आधारमा नै सुविधा सम्पन्न होलट सञ्चालन गरेको घर्तीले बताउनुभयो । विभिन्न खास्ता र स्थानीय खाना समेत तयार गर्नुहुन्छ जसको लागि १ सय ५० देखि ३ सय रकम बराबरको मुल्य पर्दछन् ।

तीन सय मिटर लामो दुरीबाट पानी पुर्याएको छ भने उक्त ठाउँमा स्काइ सिमकार्डले मात्र काम गर्दछ । २२ वाट क्षमताको सोलार बत्ति जडान गरीएको छ । बुकी पाटन क्षेत्र रहेकोले हिउँदमा पानी नै जम्दछ भने आजभोलि पनि हावापानी चिसो रहेको छ । अहिले सम्ममा बागलुङ र रुकुमपूर्वका गरी दैनिकी कम्तिमा १०, १२ जनाको आगमन भइराखेको बताइएको छ ।

पातीहाल्ने क्षेत्र वरिपरीमा लुकुम्यायल बुकी रहेको छ । जेठ महिना देखि बुकीको घाँस खुवाउनुका लागि भूमेका विभिन्न ठाउँबाट पशुचौपाय पुर्याइएका छन् । वर्षायाममा गाउँमा हिउँदको लागि चरणमा बन्द गरिएका छन् । साथै गाउँमा गर्मी हुने र बुकीको घाँस खुवाउदा लाइलक्ष्मी मोटाउने गरेको र हिउँदमा हिउँ पर्दा बुकी चरेको लाइलक्ष्मीले जाडो पाचाउने गरेकोले बुकी पाटन ल्याइएको एक गोठालो धात बुढाले सुनाउनुभयो । भदौको अन्तिममा गाउँ जार्दछन् ।

दुई जिल्लाको सीमानाको नाम पहिला यीरछेडा रहेको भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले जानकारी गराउनुभयो । ‘मध्यपहाडी लोकमार्ग जोडिएपछि मान्छेले उक्त सीमाना क्षेत्रमा आवट जावट गर्दा फूलपाती चदाउने गर्दथ्ये र सोही अनुसार अहिले यीरछेडाबाट पातीहाल्ने नाम भएको हो’ अध्यक्षले भन्नुभयो, ‘अघिल्लो आर्थिक वर्षमा पालिकाले २० लाख रकम वियोजन गरेर सीमानामा गेट निर्माणको लागि काम अगाडि बढाएको थियौँ तर बाग्ल्ुङकाले निर्माण गर्ने असहमत जनाएपछि रोकिएको छ ।’ अहिले डिविजन वन कार्यालय रुकुमपूर्वले प्रतिक्षालय र सार्वजनिक शैचालय निर्माण गरिराखेको बुढाले बताउनुभयो ।

पातीहाल्ने रुकुमपूर्वको भूमे १ र बाग्लुङको निसीखोला गाउँपालिका ६ मा पर्दछ । उक्त क्षेत्रमा अहिले विभिन्न समस्याको लागि विवाद आइराखेको स्नानीयले बताएका छन् । उक्त विवादलाई समाधान गर्नुको लागि दुबै जिल्लाका प्रमुख तथा प्रतिनिधिसँग भेटवार्ता छिटै गरी समाधान गर्ने रुकुमपूर्वका जिसस प्रमुख गजेन्द्र बहादुर ओलीले जानकारी दिनुभयो ।

Facebook Comments