• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सरकार–विप्लव टक्करः युद्ध घोषणा नभइ दश जनाको मृत्यु




सरकार र विप्लव नेतृत्वको नेकपाको बीचमा द्वन्द्व चर्कदै गएको छ । विप्लव नेकपाले पनि आफ्ना गतिबिधि बढाउँदै लगेको छ भने सरकार पनि प्रशासनिक कारवाही बढाउँदै लगेको छ ।

अहिलेसम्म नयाँ द्वन्द्वका कारण दश जनाको ज्यान गइसकेको छ । ज्यान गुमाउनेमा ८ जना विप्लव कार्यकर्ता, एक जना प्रहरी र एक जना आम नागरिक रहेका छन् ।

सबैभन्दा पहिले काठमाडौंको नख्खुमा विप्लव नेकपाले राखेको बम बिष्फोट हुँदा आम नागरिक सिंहप्रताप गुरुङको मृत्यु भएको थियो ।

त्यस्तै भोजपुरमा प्रहरीको गोली प्रहारबाट तिर्थराज घिमिरेको मृत्यु भयो भने काठमाडौं बम बिष्फोटनमा पाँच जना विप्लव कार्यकर्ताको निधन भयो ।

फेरि सर्लाहीमा प्रहरीको गोली प्रहारबाट जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भयो भने भर्खरै भोजपुरमा प्रहरी जवान सञ्जीव राइ र नेकपाका ओखलढुंगा इञ्चार्ज निरकुमार राइको मृत्यु भएको छ ।

अन्य बिष्फोटजन्य घटनामा केहीको ज्यान गए पनि विप्लव नेकपाको गोली प्रहारीबाट प्रहरी मारिएको भोजपुर घटना नै पहिलो हो ।

यसरी एकपछि अर्को गर्दै दश जना नारिकको ज्यान जानु सामान्य बिषय होइन ।

विप्लव नेकपाविरुद्ध सरकारले प्रतिबन्ध लगाएको छ तर विप्लव नेकपाले अहिलेसम्म औपचारिकरुपमा युद्धको घोषणा गरेको छैन ।

तर, युद्धविना नै नागरिकको ज्यान गइरहेको घटनाप्रति दुबै पक्ष गम्भीर बन्नुपर्ने देखिन्छ ।

जनस्तरबाट पनि वार्ताका लागि तीब्र दबाब दिनु जरुरी भइसकेको छ ताकि अनाहक नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था नआओस् ।

Facebook Comments