• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनप्रतिनिधिको तलब भत्ता काटेर विद्यार्थीलाई पोशाक




रुकुम पश्चिम चाैरजहारी नगरपालिकाकाे एक वडाले जनप्रतिनिधिको तलब भत्ता काटेर विद्यार्थीलाई ड्रेस वितरण गरेकाे छ ।

नगरपालिकाको वडा न. ३ ले अाधारभुत बिद्यालय अन्तरगत कक्षा ६ , ७ र ८ का विद्यार्थीलाई जनप्रतिनिधिको तलब भत्ता काटेर ड्रेस वितरण गरेको हाे ।

नगरपालिकाले अघिल्लो शैक्षिक बर्षदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई ड्रेस वितरण गर्दै अाएकाे छ ।

नगरपालिकाले कक्षा ५ सम्म ड्रेस वितरण गरेपछि अाफ्नाे वडाले अाधारभुत बिद्यालय अन्तरगत कक्षा ६,७ र ८ लाई जनप्रतिनिधिको तलब भत्ता काटेर ड्रेस वितरण गर्ने गरेको वडा अध्यक्ष लालबहादुर बुढाले जानकारी दिए ।

उनका अनुसार वार्षिक ७० हजार तलब भत्ता काटेर विद्यार्थीलाई ड्रेस वितरण गर्ने गरिएको हाे ।

नगरपालिकाले कक्षा ५ सम्म मात्रै ड्रेस दिएकाे छ एउटै विद्यालयमा पढ्ने बाँकी विद्यार्थीले ड्रेस पाउने भएनन् उनले भने त्यसकारण हामीले वडाकाे निर्णय गरेर अघिल्लो शैक्षिक बर्षदेखि नै कक्षा ८ सम्म ड्रेस वितरण गरेका छाैँ ।

उनका अनुसार वडामा एउटा मात्र जनज्योति अाधारभुत बिद्यालय स्यालखाेला छ भने उक्त बिद्यालयमा अहिले कक्षा ६ , ७ र ८ मा ६५ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

Facebook Comments