गुरुकुलदेखि प्राविधिक शिक्षासम्म पुगेको एउटा विद्यालयको कथा

प्रकाशित मिति :  २३ असार २०७६, सोमबार

जंगबहादुर चौधरी


हाम्रो देश नेपाल एसियाका विशाल र शक्तिशाली दुई छिमेकी देशहरु चिन र भारतको बिचमा दुई ढुङ्गा बिचको तरुल झैँ पूर्व पश्चिममा खुडाकारमा अवस्थित छ ।

यो वहु भाषिक , धार्मिक , संस्कृतिक र बहु जातीय विविधता भएको भूपरिबेष्ठित, सार्वभौम, स्वतन्त्र मुलुक हो । नेपाल अधिराज्यको मध्य पश्चिममा र गणतन्त्र नेपालको पाँच नम्बर प्रदेशको एउटा जिल्ला हो – दाङ । यो राप्ती अञ्चलको तराई तथा भित्री मधेशको जिल्ला हो । दाङ जिल्ला भित्री दाङ र देउखुरी दाङ गरी दुई उपत्यकामा विभाजित छ ।

पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्ग, भित्री मधेशको प्राकृतिक भूबनोट, घनावनजंगल र राप्ती नदीको विशाल जलप्रवाहले देउखुरी उपत्यकालाई रमणीय र सुविधायुक्त बनाएको छ । देउखुरी उपत्यकामा चार वटा स्थनीय निकायहरु छन् । यिनमा दक्षिण–पश्चिमको विशाल क्षेत्रफल ओगटेर बसेको गाऊँ पालिका हो–राजपुर गाऊँ पालिका ।

राजपुर गाऊँ पालिका दाङ जिल्लाको विकट क्षेत्रमा गनिन्छ र यो राप्ती नदी देखि नाका क्षेत्रसम्म फैलिएको छ । यो गाऊँ पालिका अहिलेसम्म पनि शैक्षिक,व्यापारिक,यातायतको सुविधा र विकासका दृष्टिले विकट र पछाडी परेको क्षेत्र मानिन्छ । हाल यस गाऊँ पालिका भित्र २२ प्रा.वि.,३ आधारभूत र ७ मा.वि. विद्यालयहरु संचालित छन् । त्यसमध्ये ११ र १२ कक्षा संचालन भएको एक मात्र विद्यालय भनेको साधारण माध्यमिक विद्यालय सालभौंरी विद्यालय छ ।

सा.मा.वि.गंगदी, गंगदी मा.वि. का नामले प्रसिद्ध छ र विगत ५ दशक देखि गाऊँमा चेतना जगाउने र शैक्षिक जनशक्ति तयार गर्ने कार्यमा तत्पर र क्रियाशील छ । यस विद्यालयको इतिहासलाई पुनरावलोकन गरेर हेर्दा यहाँको शिक्षा विकासको गतिविधि अनौपचारिक ढंगले सुरु भएको पाइन्छ ।

वि.स. २०१२÷१३ सालतिर भारत उत्तर प्रदेश वलरामपुरबाट आएका श्याम विहारी लाल कायस्थले (अन्तर जातीय विवाह गरेकाले भागेर आएका) “म अरु काम गर्न सक्दिन पढाउन सक्छु” भन्दै तत्कालीन जंग्रहवाका मुखिया स्व. राज बहादुर भण्डारीको सम्पर्कमा आएर आफ्नो जीविकोपार्जनको व्यवस्था गरिदिन अनुरोध गर्नेक्रममा पढाउने काम मागेको वुझिन्छ ।

यस क्रममा स्व. राज बहादुर मुखियाले गंगदी निवासी स्व. लौटन चौधरी संग कायस्थलाई भेट गराएको पाइन्छ । तत्पश्चात स्व. लौटन चौधरी, स्व. लक्ष्मण चौधरी, स्व. रामआसरे चौधरी, स्व. फिर्कु चौधरी आदीको पहलमा पुरानो घरको ठाँटीमा ( घरको माथिल्लो तल्लाको वरन्डामा) गाऊँका आठ जना छात्र हरीराम चौधरी, हरीप्रसाद चौधरी, बाबुराम चौधरी, पण्डित चौधरी, कुण्डल चौधरी, चन्दु्रलाल चौधरी, दुखराम चौधरी, बेझु चौधरी र एक छात्रा घुन्सी चौधरी युवाहरुलाई जम्मा पारेर पढाउन लागेको पाईन्छ । कायस्थलाई बार्षिक रुपमा अनाज ३६ मन (५४०केजी) बार्षिक २० आना (एक रुपैयाँ पच्चिस पैसा) दिने सर्तमा पढउन लगाएको पाइन्छ ।

यिनले उर्दुू भाषा र हिसाब (अंक ज्ञान) बिषय सिकाएको देखिन्छ । यही नै यहाँको शिक्षा विकासको श्रीगणेश थियो । २०१४ सालमा कायस्थलाई नर्ति निवासी स्व. हिरालाल चौधरीले यहाँ भन्दा धेरै सेवासुविधा दिन्छु भनेपछि उनी नर्ती गएको देखिन्छ ।

त्यसपछि राजपुर गाऊँपालिका वडा नं. ५ चंगुवा वस्ने स्व. खुशीराम भण्डारीलाई एक विद्यार्थी बरावर मासिक धान ३० केजी, गहुँ ३० केजी,तेल ४ माना र मासिक दुई रुपैयाँ दिनेगरी पढाउने काम जिम्मा लगाइएको देखिन्छ । शिक्षक खुशीराम भण्डारीले १ महिना भित्र १ किताव भन्ने अढ्ढा,देउडा,पौवा(पहाडा÷हिसाव) ,अड्डा अदालतका श्रेस्ता र हिन्दी भाषा एवंम् परम्परागत गुरुकुल शिक्षा पढाएको भेटिन्छ ।

यो परम्परा कायस्थवाट सुरु भएको अनौपचारिक गुरुकुल शिक्षाकै निरन्तरता थियो । गुरुकुल शिक्षालाई व्यवस्थित रुप दिनेगरी पछि स्व. लौटन चौधरी,स्व. साजन चौधरी लगाएतका गाऊँका अगुवाहरुको पहलमा हालको गंगदी गाऊँमा कच्ची घर निर्माण गरी पाठशाला संचालनमा ल्याएपछि नेपालका प्रथम निर्वाचित सरकारका तत्कालीन शिक्षा मन्त्री स्व. प्रशुनारायण चौधरीबाट यसलाई औपचारिक अनुगमन गरेर वि.स. २०१७ सालमा ३ कोठे भवन (निर्माण गर्न अनुदान) सहित प्रा.वि. तहको स्थायी स्वीकृति पाएपछि यो वि.स.२०१७ सालमा औपचारिक रुपमा स्थापित भएको हो ।

औपचारिक रुपमा स्थापना भएपछि सरकारी कोटाको शिक्षक दरबन्दीमा खुशलराम के.सी.लाई शिक्षकका रुपमा नियुक्त गरियो । खुशलराम के.सी.ले नेपाली भाषा मात्र पढाउन सक्ने भएकाले थारु र अवधी भाषी विद्यार्थीलाई शिक्षण सिकाईमा बाधा पुगेको देखी भारत श्रावस्तीका हिन्दी भाषी रामापति ठाकुरलाई शिक्षकका रुपमा कामकाजको जिम्मा दिइयो ।

पछि खुशलराम के.सी.को ठाँउमा शिक्षक मदन गिरी (देउवा) सरुवा भई आएको देखिन्छ । स्वीकृत भएको भवनको पैसा रु १८,०००। ले सालभौंरीमा वि.स.२०२२ सालमा भवन निर्माण भएपछि विधिवत् रुपमा सालभौंरीको आफ्नै भवनमा पठनपाठन हुँदै आएको पाइन्छ ।

मदन गिरी (देउवा)ले पनि राजिनामा दिएपछि जंग्रहवा भन्सारका जागिरे ज्ञान बहादुर प्रधान (नेवार) वि.स. २०२३ सालमा नेपाल राष्ट्रिय प्रा.वि.को प्र.अ.मा नियुक्त भएको देखिन्छ । नेपाल राष्ट्रिय प्रा.वि. नामले स्थापना भएको यस प्रा.वि.ले वि.स.२०२९ साल देखि नि.मा.वि.र वि.स.२०३८ साल देखि मा.वि. तह संचालनको स्थायी स्वीकृति पाएको देखिन्छ ।

नयाँ शिक्षा योजनाले विद्यालयलाई साधारण,संस्कृत र व्यवसायिक विद्यालयमा (मा.वि.) रुपान्तरण गरेपछि यो विद्यालय श्री साधारण मा.वि.गंगदीका नाममा स्वीकृत र संचालित भएकाले यसै नामले परिचित र प्रसिद्ध भयो ।

ज्ञानबहादुर प्रधान पछि गंगदी निवासी स्व. भगवतीप्रसाद चौधरी प्र.अ. भएको पाइन्छ । भगवतीप्रसाद चौधरी पछि दण्डीराम चौधरी, गोपालसिंह के.सी., शिवनारायण चौधरी, जागेश्वर मण्डल, पूर्णबहादुर चौधरीले प्र.अ.को रुपमा कामकाज गरेको भेटिन्छ ।

यस विद्यालयमा स्व.टेकबहादुर चौधरी ,स्व. माताप्रसाद भण्डारीले शिक्षकका रुपमा कार्य गरेको भेटिन्छ । सुरुमा स्व. लौटन चौधरी सेक्रेटरीका रुपमा विद्यालयको विकासमा सक्रिय रहेको देखिन्छ भने स्व. साजन चौधरी, स्व.छविलाल चौधरी, स्व.लौटन चौधरी, विन्तीराम यादव, जगतपाल योगी, भोगेन्द्र सिंह राजपुत, सहजराम वर्माले विद्यालय संचालक समिति÷व्यवस्थापन समितिको अध्यक्ष भई विद्यालयको विकासमा योगदान पु¥याएको भेटिन्छ ।

यस विद्यलयको दिगो विकासका लागि विभिन्न व्यक्तिहरुको सक्रिय पहलमा २०४२/०६/०३ गते यस विद्यालयको नाममा ९४ विघा, १६ कठ्ठा, १६ धुर जग्गा स्रोस्ता पास गराएकाले हाल यस विद्यालयको नाममा उक्त जग्गा भोगाधिकार कायमै छ । जग्गा दर्तामा तत्कालीन वि.व्य.स. अध्यक्ष विन्तीराम यादव, विजय थापा, तत्कालीन प्र.अ. पूर्णबहादुर चौधरी र शिक्षक तिलकराम वर्माको विशेष पहल एवंम् योगदान देखिन्छ । वि.स. २०६७ साल देखि यस विद्यालयले अस्थायी रुपमा कक्षा ११ र १२ संचालनको स्वीकृति ल्याई १० + २ संचालन गरेको छ ।

साथै २०७६ साल देखि प्राविधिक तथा व्यवसायिक धार पशु विज्ञान ब्लष्mब िक्अष्भलअभ कक्षा ९–१२ समेत संचालन गरेको छ र एक अव्वल दर्जाको विद्यालयको रुपमा स्थापित भएको छ ।
हाम्रा कार्यक्रमः
सामान्य शिक्षा धार

वर्तमान अवस्थामा साधारण मा.वि. गंगदी ,सालभौरी विद्यालय एक,सुविधा अनेकको रुपमा आफ्नो परिचय दिँदैछ । सामान्य शिक्षा धारमा यस विद्यालयमा २०६६ साल देखि +२ मा शिक्षा,मानविकी कार्यक्रम र २०७० देखि व्यवस्थापन विषय सामान्य शिक्षा धारको रुपमा संचालन भइरहेका छन् । ६० जना विद्यार्थीवाट सुरु भएको +२ को विद्यार्थी दिन प्रतिदिन वढिरहेको छन् । विद्यार्थीहरुले शिक्षा विषय तर्फ नेपाली शिक्षा, अंग्रेजी शिक्षा, जनसंख्या शिक्षा, स्वास्थ्य शिक्षा र मानविकी तर्फ समाजशास्त्र विषय साथै व्यवस्थापन तर्फ लेखा, मार्केटिङ, अर्थशास्त्र विषय अध्ययन गर्ने अवसर पाएका छन् ।

प्राविधिक शिक्षा धार

सिङगो राष्ट्र संघियतामा प्रवेश गरिसकेको अवस्थामा यसको मर्म अनुरुप गाउँ–गाउँमा प्राविधिक शिक्षा पु¥याउने सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा वली ज्यूवाट प्रत्येक स्थानीय तहमा एउटा प्राविधिक विद्यालय घोषणा भएको थियो । त्यसैको परिणाम स्वरुप यसै शैक्षिक सत्र २०७६ देखि यस विद्यालयले पनि प्रविधिक धार तर्फ पशु विज्ञान कक्षा ९–१२ कक्षा संचालनमा ल्याएको छ । पशु विज्ञान विषय पढेकाहरुले सम्बन्धित विषयको मधयम स्तरको जनशक्तिको रुपमा सेवा दिन सक्नेछन् ।

यो विषय पढेकाहरुले पशु सेवा क्लिनिकमा रहेर सेवा पु¥याउन,दुध डेरी चलाउन सक्ने हुँदा आफ्नो जीवन सहज वनाउन रोजगारी र व्यवसायको अवसर पाउने छन् । गाउँमै उद्योग माछा पालन, विभिन्न पशु फर्म संचालन गरी विभिन्न अवसरको लाभ प्राप्त गर्ने छन् , यो गरीखानेको लागि सुनौलो अवसर हो । साथै यो विषय प्राज्ञिक तथा व्यवसायिक भएकोले माथिल्लो तहको कृषिवाली विज्ञान, पशु विज्ञान विषय लिएर स्नातक, स्नातकोत्तर तह सम्म पढ्न पाउने छन् । अरु विभिन्न निकायहरुमा रोजगारी प्राप्त गर्न सक्नेछन् । यो समाज÷वस्ती विशेष गरी पशुपालन क्षेत्र भएकोले सुनौलो अवसर पनि हो ।
विद्यार्थीको चाप
यस विदयालयमा शैक्षिक सत्र २०७६ मा बाल विकास÷पूर्व प्राथमिक कक्षा देखि १२ कक्षासम्म कक्षागत रुपमा विद्यार्थीको चाप उल्लेख्य रहेको छ । यो विद्यालयमा हाल बाल शिक्षादेखि कक्षा ८ सम्म २ सय ९१ छात्रा र २ सय १८ छात्र गरी ५ सय ९, कक्षा १९ देखि १२ सम्म २ सय ११ छात्रा र १ सय ५२ छात्र गरी ३ सय ६३ विद्यार्थी छन् । प्राविधिकतर्फ १९ छात्रा र २६ छात्र गरी ४५ विद्यार्थीसमेत विद्यालयमा कूल ८ सय ७२ विद्यार्थीले अध्ययन गरिरहेका छन् । कूल ५ सय २ छात्रा र ३ सय ७० छात्रा रहेका छन् ।

चौधरी र यादव समुदायको बाहुल्यता रहेको सेवा क्षेत्रबाट आउने विद्यार्थीको संख्यामा छात्रभन्दा छात्रा बढी हुनु निश्चिय नै महिलाहरुको शैक्षिक जागरणमा आएको विस्तारको रुपमा बुझ्न सकिन्छ । यसले आगामी दिनमा लैंगिक समानताका लागि पनि उल्लेख्य भूमिका खेल्ने निश्चित छ । यस विद्यालयको नजिकमा रहेका अन्य कक्षा ८–१० मात्र संचालन गरेका मा.वि. सिक्टा,शंकर मा.वि. खरदरिया,बगार बावा मा.वि. रिहार रहेका छन् र यिनिहरु +२ को फिडर वनेकोले विद्यार्थीको चाप वाञ्छनीय छ ।
स्वच्छ पिउने पानी, शौचालय, विजुली र संचार सेवा
यस विद्यालयमा स्वच्छ पिउने पानीका लागि १ वटा कुवा २ वटा नल्की, धारा १ वटा वृहत खानेपानीका धारा जडान गरिएको छ । साथै पानीलाई भण्डारण गर्नका लागि १००० लिटर क्षमताको हिल ट्याङ्क र एउटा रिजर्भ ट्याङकी समेत रहेको छ । यसै गरी १ वटा यूरिनल सहित ५ वटा शौचालय सुविधा रहेका छन् । साथै २४ घण्टै विजुलीको उपर्युक्त व्यवस्था समेत गरिएको छ भने १ वटा इन्भर्टर साथै ४८ भोल्ट सोलर रहेको छ । इन्टरनेटको लागि ध्क्ष्ँक्ष् समेत जडान गरिएको छ । आ.ई.सी.टी.कक्षाको समेत व्यवस्था भइसकेको छ ।

भौतिक सुविधा (भवन) र मैदान

यस विद्यालय प्रा.वि. र मा.वि. गरी २ खण्डमा फरक फरक ठाँउमा संचालित छ । कुल भवन संख्या ६ र कोठा संख्या २० वटा रहेका छन् , भने खेल मैदान ३ विगाहा ८ कठ्ठा ५ धुर क्षेत्रफल भएपनि खल मैदान अधुरो र अतिक्रमणमा परेको छ ।

विद्यालयमा निजीस्रोतका ४, प्राविधि धारका २, राहत २ र दरबन्दीका १६ जना गरी २४ जनशक्तिले सेवा दिइरहेको अवस्था छ ।
यति हुँदाहुँदै पनि केही चुनौति अवश्य छन् । भौतिक पूर्वाधार भवन, कक्षा कोठाको अभाव, छात्रावासको व्यवस्था नहुनु, प्रर्याप्त शिक्षक÷कर्मचारीको अभाव, प्रयाप्त शौचालय समस्या, प्रयाप्त शुद्ध खानेपानीको समस्या, व्यवस्थित खेल मौदानको अभाव, पुस्तकालय विज्ञान प्रयोगशालाको अभाव, विद्यालयको जग्गावाट आयस्था किसानवाट नपाउने समस्या, वाल विकास कक्षालाई व्यवस्थित गर्न नसक्नु, विद्यार्थीको पढाईमा रुची नहुनु, अभिभावकहरुले निरन्तर रुपमा विद्यालय आई आ–आफ्नो वाल वालिकाको वारेमा जानकारी नलिनु, शिक्षकले पालना गर्नुपर्ने आचार संहिता पूर्णरुपमा पालना नगर्नु, सवै विषयमा विद्यार्थीलाई औषत अंक ल्याउने वनाउन नसक्नु आदि हाम्रा समस्या हुन् ।

यी सवै समस्या हल गर्न विद्यालयले अभिभावक तथा स्थानीय जन समुदाय को सक्रिय सहभागीहरु, भौतिक व्यवस्थापन र प्रज्ञिक व्यवस्थापन कार्य योजना, विद्यालय सुधार योजना निर्माण गरी स्थानीय तहको सहयोगवाट नै हामी यी समस्या÷चुनौति समाधान गर्नेमा आसावादी छु ।

विद्यालयको भावि तथा दीर्घकालीन योजनाहरु
वर्तमान समयमा विद्यालयको आर्थिक अवस्था त्यति कमजोर छैन । गुणस्तरीयता कायम गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्ने नीति यस विद्यालयले लिएको छ । कक्षा ५ सम्म छिट्टै नै अंग्रेजी माध्यममा पठन पाठन कार्य गराउने छ । भौतिक पूर्वाधार निर्माणको लागि विभिन्न निकायमा पहल गरिनेछ ।

कृषि विज्ञान संकायको डिप्लोमा तह अध्यापन पनि गर्ने लक्ष्य लिइएको छ । छिट्टै नै विज्ञान प्रयोगशाला, पुस्तकालय स्थापनाको लागि पहल गरिनेछ । शौचालय खानेपानी जस्ता समस्यालाई छिट्टै नै समाधान गरिनेछ । १०+२ मा विज्ञान संकायको कक्षा संचालनमा ल्याउने योजनाको लक्ष्य सहित उपयुक्त गन्तव्य स्थल वनाई देशकै नमुना मध्येकै विद्यालय वनाउने दीर्घकालीन योजना रहेको छ ।

सन २०३० सम्म मुलुक लाई विकासशिल राष्ट्रका रुपमा रुपान्तरण गर्ने राष्ट्रिय प्रतिवद्धतालाई पूरा गर्नेतर्फ सक्दो सहयोग पु¥याउन हाम्रो दुर्गमको विद्यालय प्रतिबद्ध छ ।
(लेखक विद्यालयका प्रअ हुनुहुन्छ)

Facebook Comments