• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घरमै बसेर सेवा लिन सकिने एसएमएस अनलाइन





अहिलेको दुनियाँ भनेको अनलाइनको जमाना हो । अनलाइनको माध्यमबाट हामी हरेक कामहरु गर्न सहज भैरहेको छ । अनलाइन बाट नै हामी कहिल्यै भेट नभएकाहरु शीत भेट हुन्छौ । फेसबुकको क्रान्तिले मान्छे भेट्न सफल भयौ । फेसबुकको क्रान्ती हुदा साधारण जानकारी मुलक उनको वेब बनाए । आज बिश्वब्यापी भयो । उनी अमेरिका थिए । उनलाई भाषा टेक्नोलोजी सबैको साथ मिल्दै गयो तर शुरूवातमा त सामान्य नै थियो ।

एसएमएस अनलाइन के हो ?

अब हामी जाउ आफ्नै कुरामा एसएमएस अनलाइन यस्तो अनलाइन हो जहाँ सन्सारका सेवा प्रदायकहरुको वेबसाइट अनलाइन सहमति गरेर अफिलियट पार्ट्नरको रुपमा राखिदिने विशाल लिन्क हो । त्यो घर भित्र सेवा प्रदायकहरुको वेबसाईट हुने हुदा एस एम एस ले सहजीकरण वा पुलको काम गर्दछ ।

तपाइलाई काठमाडौ होटेल बुक गर्नु प¥यो वा अमेरिका गर्नु प¥यो भने गुगलमा गएर बुकिङ वेबसाइटबाट गर्नुहुन्छ । अब भन्नुस बुकिङ वेबसाईटबाट तपाइले जे सेवा पाउनु हुने हो, त्यहाँ गुगल जिम्मेवार हुदैन तर सम्बन्धित होटेल जिम्मेवारी हुन्छ । त्यसैगरी एसएमएस अनलाइनभित्र राखिएका सेवा प्रदायकहरुबाट कुन सेवा प्रदायक ठीक छ छैन त्यो सेवा प्रदायक छनौट गर्ने काम ग्राहकको हो । नजानेको अवस्थामा ठाउँ ठाउँ एसएमएस अनलाइन प्रतिनिधिमार्फत पनि सेवा शुल्क तिरेर सेवा भने लिन सकिनेछ ।

त्यहा हजारौ होटलहरु, सयौं जहाजहरु एवं कुरियर सेवाहरु राखिएको हुन्छ । तपाइले बिश्वास गर्ने सेवा प्रदायक नै छनौट गरेर उनीहरुको वेबसाइटमा जाने प्रक्रिया हुन्छ । जस्तो कतार जहाज वा फ्लाइ दुबैको वेबसाइट कहाँ खोज्ने भन्दा एसएमएस अनलाइनमा छ, कुन अनलाइन प्रयोग गर्ने त्यो तपाइले आफै मुल्यांकन गरेर जान सक्नुहुन्छ । संसारभरका कम्पनीहरुको वेबसाईट राखिदिने घरको रुपमा एसएमएस अनलाइन बिस्तार गर्ने सोच राखेका छौ ।

बरु यो भित्र राखिएका अनलाइन लिन्कहरु भेरिफाइड गरेर राखिने हुदा गुगलमा खोजेभन्दा भरपर्दो र यसमा जे पायो त्यही हुनेछैन । तर, संसारका लाखौ कम्पनीको वेबसाइट अनलाइन सम्झौताको आधारमा राखिने साधारण तरीकाले विशाल उद्देश्य राखेको अनलाइन हो ।

एसएमएस अनलाइन सेवा लिन नजान्नेका लागि सर्भिस पोइन्ट हुनेछ, त्यहाबाट सेवा लिन सक्नुहुनेछ । सयौं फ्रील्यान्सरमार्फत पनि एसएमएस सेवामा रहेको काम अगाडि बढ्नेछ ।

हाल शुरुवाती चरणमा परिक्षणको लागि दाङ स्वर्गद्वारी एफ एम नजिक सर्भिस पोइन्ट राखेर बुझाउने काम भइरहेको छ । काठमाडौमा ५ जनालाई अनलाइन जानकारी दिएर एसएमएस अनलाइन बिस्तारको लागि जिम्मेवारी सुम्पिएको छ एसएमएस सर्भिस फर यू पोल्यान्डमा दर्ता भएको छ ।

दाङको व्यक्तिले भारतीय जहाजको टिकट लिनु परे सिधै घर बसेर लिन सक्ने ब्यवस्था छ । वा सन्सारको कुनै पनि ठाउको लिन सक्नुहुनेछ । सबैले कार्ड नहुन सक्छ, त्यस्तो अवस्थामा एसएमएस सर्भिस अनलाइनले आफ्नो कार्ड प्रयोग गरेर टिकट लिएर इमेलमा पठाउनेछ वा एसएमएस कार्यालयबाट प्रिन्ट गरेरसेवा लिन सक्ने ब्यवस्था छ । एसएमएस अनलाइनमार्फत पिकअपदेखि सबै सेवा अनलाइनको माध्यमबाट प्रयोगमा लिन सक्नुहुनेछ ।

यदि एसएमएस अनलाइनमा राखिएका कम्पनीमाथि अविश्वास भए एसएमएस अनलाइनका प्रतिनिधिमार्फत उक्त सेवा लिन सकिनेछ । तत्कालको लागि सम्बन्धित सेवा प्रदायक जिम्मेवार हुनेछन् । जस्तो माला इन होटेल एसएमएस अनलाइनमार्फत गएर बुकिङमार्फत तपाईं आफै बुक गर्नु भो भने त्यो जिम्मेवारी बुकिङ र मालाइन हुन् ।

तर एसएमएस प्रतिनिधिमार्फत माला इन बुक गरियो र प्रतिनिधिले नै पिकअप गरेर तपाइलाई माला इन होटेलसम्म नपु¥याउँदासम्म एसएमएस जिम्मेवार हुनेछ । राम्रो पक्ष यसको दाङको एसएमएस कार्यालयमा काठमाडौ कुनै होटेलमा बुक गरेर पिक अपसहितको पेमेन्ट एकैठाउँ भयो भने नयाँ नचिनेको ठाउमा ठगिने डर भएन किन कि काठमाडौ एसएमएस प्रतिनिधि पुग्नेछन् ।

त्यहाँ प्रतिनिधिलाई रकम दिनुपर्ने छैन त्यही बिलको आधारमा प्रतिनिधिले सम्बन्धित ठाउमा पुर्याउनेछन । आफै खोजेर जान्छु भन्नेहरुको लागि पनि एसएम एस अनलाइनमा हजारौ वेबसाईट राखिएका छन् । ती वेबसाईट मार्फत पनि जान सक्नुहुनेछ तर एस एम एस त्यस प्रकृयाबाट गएकाहरुको जिम्मेवारी भने हुनेछैन यद्यपि सेवा प्रदायकहरु हजारौ लाखौ जडान भैरहनेछ्न ।

यति बुझ्नुहोस गुगलमा गएर जसरी जानकारी लिनुहुन्छ त्यसै गरि एस एम एस अनलाइनमा गएर विभिन्न सेवा प्रदायक वा एस एम एस ले दिने सेवा बारे बुझ्न सक्नुहुनेछ । हाम्रो चहना यो हो कि पहिले एस एम एस अनलाइनमा गएर सेवा प्रदायक खोज्नुहोस यदि भेट्नु भएन भने मात्र गुगलमा गएर सेवा प्रदायक खोज्नुहोस । तपाइहरुले प्रयोग गरेकै अनलाइन बुकिङ कतार दुबै जेत्रादार स्काइ स्क्यानर एसएमएसमा छ र तपाईं बसेको वरिपरिकै कम्पनी छ भने त्यही छनौट गरेर जानुहोस । एस एम एस अनलाइन बिश्वब्यापी सेवा प्रदायक अनलाइन कम्पनीहरुको घरको रुपमा बिकास गर्न अगाडि बढिरहेको जानकारी गराउँदछौ ।

एसएमएस अनलाइनमा स्वैच्छिक काम गर्नेले कसरी कमाउन सक्छ त ? सर्वप्रथम एसएमएस अनलाइनमा काम गर्नेले इमेलमार्फत जानकारी दिनुपर्छ । फारम भर्नुपर्छ फ्रील्यान्सरको रुपमा । उसलाई घरमै बसेर होटेल बुक, जहाज बुकिङ, कुरियर अर्डर गर्ने जिम्मेवारी दिइनेछ । उसैले गरेको अर्डरअनुसार एसएमएस अनलाइन पोल्यान्डबाट उक्त कार्य सम्पन्न हुनेछ र उसको इमेलमा सबै जानकारी २४ घन्टादेखि ४८ घन्टा भित्रमा जानेछ ।

नियमहरु सम्बन्धित सेवा प्रदायकहरुको देशको नियमअनुसार हुनेछ । जस्तो राप्ती सुपरलज रिजर्भ गरेमा उसैको नियम हुनेछ भने काठमाडौको ताजमहल होटेल वा दिल्लीको रिजर्भ गरेमा उनैको अनलाइनमा जे लेखिएको छ त्यही हुनेछ ।

हाम्रो उद्देश्य अनलाइनमार्फत खेर गएको सानोतिनो रकम एसएमएसमार्फत भए पनि हजारौ ब्यक्तिले स्वतन्त्र रोजगार पाउने थिए । यसको लागि मात्र मेहनती र कर्मठशील, इमान्दार युवा युवतिमाथी पनि न्याय हुने थियो । हालसम्म ३ लाख भन्दा बढी होटेल एसएमएस अनलाइन मार्फत रिजर्भेसन गर्न सकिनेछ । सयौ जहाजहरु पनि रिजर्भेसन गर्न सकिनेछ ।

सयौ जहाजहरु पनि बिभिन्न अनलाइनमार्फत रिजर्भेसन गर्न सकिनेछ । हामी अनलाइन कम्पनी सित सहकार्य गर्दै अगाडि बढेको हुँदा र एक दिन बेरोजगारमुक्त समाजको परिकल्पना गरेको तथा उक्त परिकल्पनालाई साकार काम अनलाइनबाट सम्भव देखेका छौकिन कि अनलाइन भूगोल क्षेत्रभन्दा माथि रहेर दुनियाँ भरको काम गर्न सकिन्छ ।

(लेखक कम्पनीका सञ्चालक हुनुहुन्छ)

Facebook Comments