• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
साँखमा होमस्टे ब्यवस्थापन तालिम




रुकुम (पश्चिम)को मुसीकोट नगरपालिकामा होमस्टे (घरबास ब्यवस्थापन तथा अभिमुखीकरण) तालिम सम्पन्न भएको छ ।

नगरपालिकाको वडा नम्बर ७ साँखमा ३ दिने होमस्टे (घरबास ब्यवस्थापनतथा अभिमुखीकरण) तालिमको बिहीबार समापन गरिएको हो ।

नगरपालिकाको आर्थिक सहयोगमा संस्कृति तथा पर्यटन विकास केन्द्र नेपाल रुकुम (पश्चिम)ले तालिमको आयोजना गरेको थियो ।

तालिममा पर्यटन र त्यसका प्रकार, होमस्टे, होमस्टे सञ्चालनका आवश्यक मापदण्ड, हाइजिन लगायतका बिषयका सिकाइएको बताइएको छ ।

त्यसैगरि तालिममा खाना र नास्ताका परिकार मध्ये १८ किसिमका नास्ताका परिकार निर्माण गर्न सिकाइएको आयोजकले जनाएको छ ।

३ दिनसम्म सञ्चालित तालिममा वडा नम्बर ७ का १ पुरुष र १४ जना महिलाको सहभागिता रहेको थियो ।

Facebook Comments