• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सडक निर्माण सम्पन्न भएकै दिन बाहिरियो ६० क्विन्टर लसुन




गत बर्ष रुकुमपश्चिमको मुसीकोट नगरपालिका १० चुन गाउँमा फलेको झण्डै तीन सय क्विन्टल लसुन कुहिएको थियो ।

यसको मुख्य कारण थियो– सडकको अभाव । यो बर्ष भने स्थानीय कृषि सडक बनेसँगै यहाँको लसुनले बजार पाएको छ ।

संयोग त अझ के भयो भने सडक निर्माणले पूर्णता पाएकै दिन ६० क्विन्टल लसुन बाहिरिएको छ ।

कर्णाली प्रदेश सरकार भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको रु ४० लाख बजेटमा होल्तारा–भेरीखोला सडकको बैरामूलसम्म सडक निर्माण भएको छ ।

निर्माण समितिले कार्य सम्पन्न पश्चात् सार्वजनिक लेखापरीक्षण गरेकै दिन लसुनले पनि बजार पाएको वडा सदस्य धनबहादुर खड्काले जानकारी दिनुभयो । गाउँमै पर्सी किलो ८० रुपैयाँमा किसानले लसुन बिक्री गरेका छन् ।

यो सडक निर्माणमा बजेट विनियोजन गर्ने कृषिमन्त्री बिमला केसी, स्वकीय सचिव जयबहादुर पाण्डे र कृषि ज्ञान केन्द्रका कर्मचारीलाई पनि यो गाउँका बासिन्दाले धन्यवाद दिएका छन् ।

Facebook Comments