• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पोखरी विरुद्ध जुलुस किन ?




तपाई पनि जुलुसमा जानुभा हो ? बजार बाट घर फर्किदै गर्दा घोराही १८ दिदि बहिनी टोलका वासीन्दाले सोधे । झसंङ भएँ र łअहँ मैले थाह पाईन । भनेर जवाफ दिएँ । उनले थप्दै गए, łयहाँ त घर घरै बाट जुलुसमा गया छन् । पर खोल्सामा ड्याम बनाउन नदिने रे ।

पानी विरोधी कहिल्यै भैन । घर नजीक पोखरी सपनाको संसार हो । कुनै हालतमा पनि साकारहुने सम्भव छैन । घरमा पानीको धारा हालेदेखिन खुशिले फुरुङ भएको छु । जुन दिन घर भित्र निजि धारा जोडियो त्यो दिन सबै भन्दा सन्तुष्टिको महशुस भएको थियो । साहु ऋण गरेर झण्डै ४० हजार खर्च भएको थियो । त्यो दुःख भन्दा घरमा आउने पानीको धाराले बढि खुशि दियोे । अहिले पोखरी विरोधीको रुपमा आफ्नो नाम आउँदौ ज्यादै दुःख लागेको छ ।

केहि दिन अघि देखि पानी विरोधी आन्दोलनमा जाने स्थानको मान्छेमा रुपमा दर्जा पाएको छु । पोखरीको विरोधी बनेको छु । हुन त त्यस टोलका अध्यक्ष घनबहादुर रावत पनि निकै दुखित हुनुभएको छ । उहाँलाई मान्छे मार्ने ताल बनाउने, तैले हामिलाई मराउन खोज्याहोस् भन्न केहि मान्छे घरमै पुगेछन् । परिवारलाई भेटेर रोकीदिनुहोला भनि आग्रह गरेछन् । केहि दिन सम्म तनाव बनाएछन् । त्यति त सहनु परेन तर पोखरी विरोधि शब्द पचाउन सकेको छैन । सबै भन्दा बढि यहि वाक्यले घोँचेको छ । भावि पुस्ताले सराप्ने छ भन्ने भयले सताएको छ । बस्ती छेउमा पोखरी बनाउन नदिएको पुस्ता भनिने छ । किन पोखरी बनाउन दिनु भा होइन भनेर सोधेपछि पछिल्लो पुस्ताको अगाडि शिर झुकाउनुपर्ने छ ।

तनावको सामना गर्ने ड्याम समितिका सचिव सुरश बुढापनि छन् । उनलाई पनि केहि महिलाले घेरा हाले । तथानाम गर्न तम्सीए । सरोकार नभएका, पोखरी नजिक कुनै जग्गा जमिन नलिएकाले पनि बिरोधमा उत्रिए । बस्तिको नजिक पोखरी चाहिन्न भन्ने महिलाहरुको बाहुल्यता देखियो । जसलाई पानी बढि आवश्यक पर्छ उनैले त्यसको विरोध गरे । उनिहरुको दिमागमा नजिकमा पोखरी बनाउने भनेको मान्छे मार्नका लागि हो भन्ने देखियो । घर डुबाउने, जमिन भासीने, मान्छे मार्नेकाम पोखरीले गर्छ भन्ने जानेका रहेछन् ।

बम, बन्दुक, गोला बारुद, सेना, प्रहरी विद्रोहि सबै सहेकोे देशमा मान्छे मार्ने अर्को हतियार पानी भनिँदो रहेछ । यो झुट कसरी फैलियो, के कति कारणले त्यहाँको मुलुकले विश्वास गरेको हो थाह छैन । सायद पटक पटक डुबेर मर्ने गरेकाले मान्छेहरु पानीलाई पनि मान्छे मार्ने देखेका छन् । घोराहीमा बनेका कृतिम जलासयमा तिन जना मान्छे मरी सकेका छन् । डुबेर मरेका तिनका आफन्त र खबर सुन्नेहरु ड्यामले मारेको भन्छन् । बरु बाह्रकुने दहमा गएर आत्महत्या गर्नेको बारेमा कसैले चासो राख्दैनन् । क्रितिम तालको कुरा उठाइरहेको हुन्छ । यस कारण पनि आमाहरुलाई बच्चा डुबेर मर्छन् भन्ने लागेको हुनुपर्छ ।

पानीले मान्छे मार्छ । उसो भए घरमा धारा नजोडौँ । खोलाहरु सुकाउँ । तालहरु पुरौँ । नदिनालाहरु बग्न नदिउँ । सबै स्रोत साधन खर्च गरेर हाम्रो दुश्मन पानीलाई देश बाटै हटाउँ । हाम्रे शरिरमा पनि ७० प्रतिशत पानीको मात्रा छ, त्यसलाई पनि सुकाउँ । यसमा सहमति हुन सक्ला ? त्यो संगै घर भित्रै पासो लगाएर मान्छे मर्छ घरै ढालौँ । रुखमा पासो लागएर मान्छे मर्छ मानव वस्ति नजीकका रुख भरी सबै फँडानी गरेर मिल्काईदिउँ । मान्छे मार्छ । त्यसतै त हो नि घर नजिक पोखरी भएपछि डुबेर मार्छ भन्नेहरुको साँेच ?

कसैको घर भित्र आएर पोखरीले मान्छे मारेको छैन । बरु समुन्द्री छाल उर्लेरआउँछ र सबै पुछपाछ पारी लैजान्छ । सायद हाम्रा छिमेकी जस्तै भए सामुन्द्रीक किनाराका देशहरुले पुरै समुद्र सुकाउँथे । भारत सरकारले नेपालबाट जाने ११ वटा सम्म खोला एउटै ड्याममा कैद गरेको छ । उत्तरतिरबाट जे जति मल खोलाले बगाएर लैजान्छ त्यो सब थुनेर राखेको छ । त्यो मल बेला मौकामा खेत बारीमा जान्छ । त्यहाँ कहिल्यै खडेरीको महशुस हुन्न ।

विद्युत निकालेको छ, कहिल्यै लोडसेडिङ हुन्न । ड्यामको नजिकै घना वस्ति छन् । चिसो वातावरणका लागि तालको छेउछाममा जान्छन् । रमाउँछन् । खुशि हुन्छन् । विरोध कहिल्यै गर्दैनन् । तिनिहरुको स्वाथ्य राम्रो बनेको छ । जमिन उर्बर बनेर कमाई हुन्छ । ठाउँ ठाउँमा मुल जागेर खानेपानी सुविधा छ । उनिहरु सम्पन्न भएका छन् । नेपालबाट खेर गएका खोला उता बरदान भएका छन् । त्यसैले होला कुला मुनिको घरलाई उहिल्यै सम्पन्न भनिन्थ्यो । अहिले पोखरी बनाउने कुरा विरोध आउनु अपाच्य हो ।

गाउँ सिरानमा ताल बनाउने योजनालाई काल निम्त्याउने भनिएको छ । त्यहाँ सानातिना बारीका पाटाहरु सुख्खा छन् । काम नपाएर बजार माभाँडा धुने जागिर खोज्दैछन् । सिमेन्टका बोरा उठाउने लेवरकाम खोज्छन् । घरमा उत्पादन केहि हुने होईन । देउखुरीबाट दहि आउँछ । रामपुरबाट तरकारी ल्याउँछन् । सब्जी मन्डिबाट टमाटर र खुर्सानी किनेर ल्याईनछ । पाँच सात मिनेटको पालो लगाएर साँझ विहान गाग्री तथा जर्किन र बोतलमा पानी भर्ने हो । उनिहरुनै पोखरीको विरुद्धमा जुलुसमा गए । घोराही उपमहानगरपालिकालाई जितेर आए । अब पोखरी नबन्ने भयो भन्ने खुशियालीमा नेता बनीरहेका छन् ।
केहिको ऐलानीका एकदुईटा डालाबोट डुब्ने सम्भावना थियो । उनिहरुलाई त्यहि लोभले पोखरी विरोधी बनायो । त्यसपछि कुरा खेलाउन थाले तेरो घर डुब्छ । तेरो बारी पानीमा मिसिन्छ । तँ सुकुम्वासी हुन्छन् । तेरा बालवच्चा डुबेर मर्छन् । खाएपिएको बेला त आँफैपनि पर्न सक्छन् । फलानो फलानो त्यस्तै पोखरीकै कारणले मरेका हुन् । यति सुनेपछि के चाहियो उर्लीयो जुलुस ।

पढेलेखेका र धन सम्पती कमाएकाले भनेको कुरा अरुले नमान्ने भन्ने हुँदैन्थ्यो । अन्त टाढाकाले भनेको तिनको के जान्छ र हाम्रो पो सर्बश्व नोक्सान हुन्छ भनेर गफ लगाइदिए । दुई तिनवटा ताल किन चाहियो ? पोखरी बनाएर के हुन्छ र ? यस्तै यस्तै प्रश्न उठे । यहि ठाउँमा बनाउनुपछृ र अन्त बनाए हुन्न भन्न थोले ।

तर, पोखरी बनाउन अबरोध गरेको प्रसंगले सबैको प्रतिष्ठा गिरेको छ । लामो खडेरीको मारमा रहेको बेला पोखरी विरोधि आन्दोलन गर्नेहरु सुझबुझ भएका मान्न सकिँदैन । भाँड्नेहरु भन्न मिल्छ । विकास विरोधी भनेको सुहाउँछ । पढेका तर नजानेका भने हुन्छ । भविश्यका चिन्ता नगर्ने मान्न सकिन्छ । पोखरी विरुद्धको जुलुसमा त्यहि स्वार्थ थियो ।

पाँच सात बर्ष अघि घर नजिक शौचालय बनाउन नदिनेहरुले दिक्क बनाएका थिए । उनिहरु गन्हाउँछ, फोहोर हुन्छ, असुभ हुन्छ जस्ता कुतर्क गरेर शौचालय बनाउने काम बाट पन्छिन खोज्थे । आज पोखरी बनाउने सवाल पनि त्यही मानसिकताका साथ आएको छ ।

आँखीर शौचालय सबैले घर नजिकै बनाए । धारा सबैलाई घरमिै चाहिएको छ । खर्च जति लागेपनि सिंचाई सुविधा र अग्र्यानिक खेति गर्न जरुरी छ । आधुनिकता र यसको उपयोग संगै नयाँ रोगहरुको सामना गर्नुपरेको छ । त्यसका विरुद्ध लड्ने भनेको अग्यानिक उत्पादन बाटै हो । आफ्नो गुजाराका लागि सागपात तरकारी आफै खेति गर्नुपर्छ । त्यसका लागि पानी चाहिएको छ ।

सबैलाई चाहिने पानीमा एउटाको घर खेत नोक्सान बनाउने भने होईन । एक जनाको सम्पती नास गरेर सामाजिक संरचना बनाउन सकिन्न । व्यक्ति आफै समाजका लागि दानी भैदिएको अवस्थामा बाहेक उसको सम्पति चोईटाउन मिल्दैन । ऐलानी जमिन भने समुदायले जसवेला पनि आफ्नो स्वार्थका लागि प्रयोग गर्नसक्छ । सरकारले त्यसमा कुनै पनि संरचना खडा गर्न सक्छ । त्यो गर्न सकेको छैन । ऐलानी जग्गामा हैकम जमाउन नसक्ने कमजोर स्थानिय सरकारले पनि समस्या ल्याएको छ । धेरै जग्गा केहि व्यक्तिले सित्तैमा उपयोग गरेका छन् ।

त्यसतो क्षेत्रमा व्यक्तिले हैकम जमाउन खोज्नु हुन्न । बरु समयमै समाज उपयोगी संरचना बनाउनु बेश हुन्छ । अहिलेको स्थानिय सरकार कमजोर, डरप्वाँक भएपनि अर्को शक्तिशाली शरका आउन सक्छ । त्यसले नियन्त्रणमा लिन्छ नै । आफु बाँच्ने उमेर अनुमान गरौँ । त्यति बेला सम्म पुग्ने घर, शौचालय, खेत बारी, डालावबोट अनुमान लगाउँ । त्यसपछि बचेको चिजलाई समाजका लागि अर्पण गरौँ । आफ्नो चोईटिदा, खोट्याउँदा मन दुख्न सक्छ दिल दुखाएर छटपटाउने काम नगरौँ ।

विद्याुतको पोल सार्न नदिने, बाटो खन्दा आफ्ना जग्गामा जान नदिने, पानीको पाइप गाड्दा मेरो वारीमा हुन्न भन्ने साँघुरो सोँचका स्वार्थीको क्षेत्रमा कहिल्यै विकास हुँदैन । त्यहाँको समाज उभो लाग्दैन । गिठेपानी क्षेत्रको विकासका लागि विगार्ने, विरोध गर्ने, काम गर्न नदिने नकारात्मक मानसीकता त्याग्नुपर्छ । भाँड प्रबृत्तिले समाज बरवादितिर जान्छ । सामाजिक चिन्तन र स्वाभाव व्यवहारमा देखाउँ । विकास विरोधी मानसीकता त्यागी पोखरी विरोधी हुन बाट बचौँ । समाज देखि भाग्नु पर्ने, मुन्टो घुसार्नुपर्ने र बोल्न डराउनुपर्ने अवस्था सिर्जना नगरौँ ।

Facebook Comments